शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

  • बिहिबार, जेष्ठ २०, २०७८
आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको (Cyclonic Circulation)​ सामान्य प्रभाव छ ।

आज बिहान लुम्बिनी प्रदेशका थोरै भूभाग र देशका पहाडी भूभागमा आंशिक भइरहेको र बाँकी भूभागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

भने, प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । यता, प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार