शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • बाढी पहिरोले गोठ बगायो : दर्जनौँ गाई, गोरु, भेँडा मरे

बाढी पहिरोले गोठ बगायो : दर्जनौँ गाई, गोरु, भेँडा मरे

  • आइतवार, जेष्ठ १६, २०७८
बाढी पहिरोले गोठ बगायो : दर्जनौँ गाई, गोरु, भेँडा मरे

चार दिनदेखिको अविरल वर्षापछिको बाढी पहिरोले गोरखामा गोठ बगाउँदा दर्जनौँ भेँडा, गाईगोरु पुरेको छ ।

धार्चे गाउँपालिका १ हुलचुकमा दुईवटा गोठ पहिरोले पुर्दा ३० भन्दा धेरै भेँडा पुरिएको छ । सयभन्दा धेरै भेँडा रहेको गोठ पहिरोले पुर्दा ३० वटा पुरिएर बेपत्ता भएको, अरुलाई उद्धार गरिएको वडाअध्यक्ष दिलिप गुरुङले जानकारी दिए ।

त्यस्तै निरन्तरको झरीपछि सहिदलखन गाउँपालिका वडा नं. ७ बोर्लाङी गाउँमा धनबहादुर श्रेष्ठको गोठ भत्किँदा गोठभित्र रहेका दुई भैँसी, एक पाठा, एक बाख्रा र एक बोका पुरिएर मरेको प्रहरी एसपी शेखर खनालले जानकारी दिए ।

धार्चे गाउँपालिका ५ माछाखोलामा स्थानीयले प्रयोग गर्दै आएको काठको पुल(फड्के) बगाएको पालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

साथै बेनिघाट आरुघाट लार्के सडकको आर्खेत खण्डमा निर्माणाधीन पुलका कारण बनाएको वैकल्पिक सडक बूढीगण्डकीले बगाउँदा यातायात सेवा ठप्प भएको अध्यक्ष गुरुङले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार