• होमपेज
  • समाज
  • बडिमालिका नगरपालिकाका कर्मचारी बिष्टद्धारा अक्सिजन ब्यबस्थापनका लागि सहयोग

बडिमालिका नगरपालिकाका कर्मचारी बिष्टद्धारा अक्सिजन ब्यबस्थापनका लागि सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
बडिमालिका नगरपालिकाका कर्मचारी बिष्टद्धारा अक्सिजन ब्यबस्थापनका लागि सहयोग

बाजुरा — बडिमालिका नगरपलिका कर्मचारी तथा बडिमालिका नगरपालिका वडा न ९ का बिर बहादुर बिष्टले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि २ हजार २ सय २२ रुपैया सहयोग गरेका छन ।
बिष्टले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि बिष्टले आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै बिष्टले पनि सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको बिष्टले बताए ।

चर्चामा

सम्बन्धित समाचार