शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • प्रदेश प्रहरी हेडक्वार्टर भवनको शिलन्यास

प्रदेश प्रहरी हेडक्वार्टर भवनको शिलन्यास

  • शुक्रबार, बैशाख ३१, २०७८
प्रदेश प्रहरी हेडक्वार्टर भवनको शिलन्यास

धनगढी– सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले एक कार्यक्रमकाबीच शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी मुख्यालय भवनको शिलन्यास गर्नु भएको छ । मन्त्रालयले भवन निर्माणका लागि चालु आर्थिक बर्षको बजेटमा ३६ करोड विनियोजन गरेको थियो ।
शुक्रबार शिलन्यास भएको भवन दुई बर्षभित्र निर्माण पुरा गरिसक्ने गरि मन्त्रालयले २३ करोड ७६ लाख ६ हजार ६ सय २१ क्ुमार रोयल जेभीले ठेक्का सम्झौता गरेको सचिव चुडामडी पौडेलले बताउनु भयो । ‘प्रदेश प्रहरी कार्यालयका प्राविधिकहरुले तयार गरेको डिजाइन तथा लागत अनुमानअनुसार हेड क्वार्टर भवन निर्माण हुन लागेको छ,’ सचिव पौडेलले भन्नु भयो, ‘हेड क्वार्टरका लागि आवश्यक कार्यालय भवन र क्वार्टरहरु निर्माण हुनेछन् ।’
हाल प्रहरी संघीय सरकारको मातहतमा भएपनि प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धी व्यवस्था गर्न बनेको ऐन प्रमाणिकरण भएसँग प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन निर्माणको चरणमा छ । उक्त ऐन बनेपछि प्रदेशको प्रहरी संरचना प्रदेश सरकार मातहत आउने छ ।
देश संघीय संरचनामा गएसँगै प्रादेशिक तहका निकायका पूर्वाधारहरु प्रदेश सरकारले धमाधम निर्माण गरिरहेको छ । यसअघि पनि आन्तिरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरी चौकीका भवनहरु, प्रहरीलाई आवश्यक सवारी साधन लगात उपकरण उपलब्ध गराउँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार