बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • स्थायी कमिटी सदस्यहरूको छलफल सकेर नेपाल समूह सिंहदरबारमा

स्थायी कमिटी सदस्यहरूको छलफल सकेर नेपाल समूह सिंहदरबारमा

  • सोमवार, बैशाख २७, २०७८
स्थायी कमिटी सदस्यहरूको छलफल सकेर नेपाल समूह सिंहदरबारमा

काठमाडौँ — माग पूरा गर्ने प्रतिबद्धता माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि सोमबार बिहान बसेको एमाले नेता नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूबीचको छलफल सकिएको छ ।

नेपाल पक्षले आफ्‍ना माग पूरा गर्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो ।

तर, ओलीले कुनै रेस्पोन्स नगरेपछि नेपालसमूह थप कदम चाल्ने तयारीमा छ । साढे नौ बजे बस्ने भनिएको नेपालपक्षका सांसदहरूको बैठकअघि स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको थियो । स्थायी कमिटी सदस्यहरूको छलफलपछि नेपालपक्षका सांसदहरु बैठकका लागि सिंहदरबारको संसद् सचिवालयमा जम्मा भएका छन् । अब केही बेरमा बैठक सुरु हुने एक नेताले जानकारी दिए ।

बैठकमा सहभागी हुन नेता नेपाल, योगेश भट्टराई, समिना हुसेन, यज्ञराज सुनुवार, भीम रावल, जयकुमार राई, माधव नेपाल, योगेश भट्टराई, समिना हुसेन, यज्ञराज सुनुवारलगायत नेताहरू सिंहदरबार पुगिसकेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । ओलीको पार्टी र सरकार सञ्चालनको शैलीसँग असन्तुष्ट रहँदै आएको नेपाल समूहले अनौपचारिक रुपमा ओलीलाई विश्वासको मत दिनुको साटो सांसद सदस्यताबाटै सामूहिक राजीनामा दिएर नयाँ सरकार बनाउन विपक्षी दलहरुलाई सहज बनाउने निर्णय गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार