शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • मानव अधिकार रक्षक संजालद्धारा प्रशासन र समन्वयलाई ध्यानाकर्षण

मानव अधिकार रक्षक संजालद्धारा प्रशासन र समन्वयलाई ध्यानाकर्षण

  • आइतवार, बैशाख २६, २०७८
मानव अधिकार रक्षक संजालद्धारा प्रशासन र समन्वयलाई ध्यानाकर्षण

बाजुरा — मानव अधिकार रक्षक संजाल बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला समन्वय समिति बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपालमा कोभिड १९ महामारीको दोस्रो भेरिएन्ट सहितको लहर ब्यापक फैलिई बाजुरामा पनि त्यसको असर परेको र नागरिकहरुको सुरक्षामा जिल्ला प्रशासन कार्यालय बाजुरा र समन्यात्मक भुमिकामा रहेको जिल्ला समन्वय समितिले राम्रो भुमीका नखेलेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको मानव अधिकार रक्षक संजाल बाजुराका अध्यक्ष निमेन्द्र शाहीले बताएका छन ।

कोभिड १९ को प्रकोप बाजुरामा व्यापक बन्दै जाँदा संक्रमितको उपचारका निमित्त साधारण तथा अक्सिजन सेवा सहितका शैया लगायतका सेवाहरुको अभावलाई मध्यनजर गरि ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष शाहीले बताएका छन । आइतबार बिहान संजालको बैडकले १४ बुदे ध्यानाकर्षण पत्र बुझाएको संजालका सचिव कृष्ण अधिकारीले बताए । मानअधिकार संम्बध संस्थाहरुका प्रतिनिधीहरुको सहभागीतामा सो निणर्य गरेको संजालले जनाएको छ । सो ध्यानाकर्षण पत्रमा हरेक नागरिकको जीवन र स्वास्थ्य राज्यको जिम्मेवारी भएकोले यस बिषम परिस्थितिसँग लड्नका लागि राज्यका सबै संयन्त्रहरुको सम्पूर्ण श्रोत र साधन जुटाउन र प्रयोग गर्न जोडदार माग गर्दछौँ । जनताको जीउ ज्यानको सुरक्षाको सवाल रहेकोले युध्द स्तरमा कार्य गरी जनताको स्वास्थ्य र बाँच्न पाउने अधिकारको संरक्षण गर्न माग गर्दछाै भनिएको छ ।
त्यसै गरि जिल्ला प्रशासन कार्यालय बाजुराले दैनिक रुपमा अपडेट गर्दै आएको कोरोना रीपोर्टमा जिल्ला अस्पताल बाजुरामा २ वटा भेन्टीलेटर र २ आइसियु रहेको विवरण सार्वजनिक भए पनि हाल संचालनमा नभएकाले तत्काल सुचारु गर्नका लागि हार्दिक अपील गरिएको छ ।
जिल्लाका स्थानीय तह तथा जिल्ला अस्पताल बाजुरामा तत्काल अक्सीजनको ब्यवस्थापन गर्न .जिल्लाका विभिन्न स्थानीय तहहरुमा बढ्दो रुपमा निषेधाज्ञा लागिरहेको हुनाले सो क्षेत्रका श्रमिक, विपन्न वर्ग, सीमान्तकृत समुदायको लागि नगदी रुपमा दिइने र का कार्यक्रम सञ्चालनगर्न र बजेट व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
त्यसै गरि जिल्लामा रहेका एम्वुलेन्सको पहिचान गरी तत्काल एम्वुलेन्स सेवा प्रदान गर्न अनुरोध गर्नुका साथै जिल्लामा एउटा पनी शव वाहन नभएकाले सब वाहन ब्यवस्थापनका गर्न ध्यानाकर्षण गरिएको जनाएको छ ।
बाजुरा जिल्लाका कवाडी, कोल्टी र मार्तडी खाद्यान्न डिपोहरुमा चामल अभाव भएकाले तत्काल खाद्यान्न डिपोहरुमा चामलको ब्यवस्थापन गरि नागरिकको खाद्य अधिकारको रक्षा गर्न अनुरोध गरेको मानव अधिकार रक्षकहरुको हस्ताक्षेरीत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
त्यसै गरि लकडाउनको बहाना बनाई बजारमा सामानको कृतिम अभाव सृजना गरि कालो बजारी गर्ने र सामानको मुल्य बढाई उपभोक्ता ठग्ने कार्यहरु भएकोले बजारमा आवश्यक बस्तुको सहज आपुर्तिको ब्यवस्था मिलाई स्वच्छ बजार र उपभोक्ता अधिकार संरक्षण गर्न सम्बन्धित पक्षसंग आग्रह । मित्रराष्ट्र भारतबाट आउने नेपालीहरुलाई बिना रोकतोक नेपालप्रवेश खुलातथा सहज बनाउनु पर्ने साथै सीमामा कोभिड १९ परीक्षण सुविधा युक्त होल्डिङ सेन्टरहरु, क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रको व्यवस्था गर्न र उक्त केन्द्रहरु अपाङ्गतातथा लैङ्गिक मैत्री बनाउन माग गरिएको जनाएको छ ।
मित्रराष्ट्र तथा दातृ निकायहरूसँग समेत पहल गरी अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था शीघ्र रुपमा गनुपर्ने, प्रतिकूल अवस्थाको मौका छोपी स्वास्थ्य सामग्री, खाद्यान्न जस्ता अति आवश्यक वस्तुहरूमा मुल्यवृध्दि र कालोबजारी तत्काल नियन्त्रण गर्न लाग्नुपर्ने । सम्भावित अक्सिजन संकट आउन नदिन विभिन्न वैकल्पिक व्यवस्थाहरु तत्काल अपानाउन लागयतका बिषयमा ध्यनाकर्षण गरिएको जनाएको छ । साथै, खोपको आयात गर्न र सबैलाई खोपको व्यवस्थागर्ने कार्यलाई पनि प्राथमिकता दिन अनुरोध गरिएको जनाएको छ ।
स्थानीय सरकारलाई अत्यावश्यक बाहेक अन्य भौतिक निर्माणका कामलाई अहिलेलाई रोक लगाइ अस्पतालको भौतिक पूर्वाधार सुधार गर्ने, क्वारेन्टाइन र होलडिङ सेन्टर निर्माणका लागि केन्द्रित हुन आग्रह गरिएको छ ।
अक्सिजन ग्यास उत्पादन तथा भण्डारण गर्न सबै अक्सिजन लगायतका सामग्रीको व्यवस्था मिलाउन सबै स्थानीयतहलाई अनुरोध गर्दछौं ।
कोभीड१९ को बेल ाखाद्यान्नमा आत्मनिर्भर बन्न र करेसाबारी र कौंसी खेती गरी आत्मनिर्भर बन्नका लागि अपिल गर्दछौं साथै गाँऊ घरको उत्पादन बजार सम्म सहज पँहुज पुर्याउन र कालोबजारी नियन्त्रण गर्नका लागि कृषि एम्बुलेन्सलाई बृद्धि गर्ने र अनलाइन प्रणाली व्यवस्थित गर्न आग्रह गर्दछौं ।
संकटको समयमा कालोबजारी अनुगमन र निगरानी गर्न स्थानीय स्तरमा सरकार, नागरिक समाज, पत्रकार सहितको संयुक्त अनुगमन समिति बनाइ निगरानी कार्यलाई अघि बढाउन अनुरोध गर्दछौं ।
लकडाउनको उल्लघन गर्ने , मनोमानी तरिकाले आवात जावत गर्ने र अनुमति विना सवारी साधान संचालन गर्ने गरेकाले तत्काल सो कार्य बन्द गर्न माग गर्दछौ । सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/05/press-statement.pdf

https://badimalikakhabar.com/wp-content/uploads/2021/05/dcc-statement.pdf

 

चर्चामा

सम्बन्धित समाचार