बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाचार
  • बाढि र असिनाले पाकेको गहुँवालिमा क्षति (भिडियाे सहित)

बाढि र असिनाले पाकेको गहुँवालिमा क्षति (भिडियाे सहित)

  • शुक्रबार, बैशाख २४, २०७८
बाढि र असिनाले पाकेको गहुँवालिमा क्षति (भिडियाे सहित)

 बाजुरा — बिहिवार साँझ आएको बाढि र असिनापानिले बाजुरामा पाक्न लागेको गहुँवालिमा क्षति पुुयाएको छ । बुढिगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढिले नगरपालिका २ र ३ को ताप्रिसेरामा पाक्न लागेको बालि बाढिले बगाएर लगेको स्थानिय रमेश थापाले वताएका छन् ।
५० परिवारको २५ रोपनि भन्दा बढि पाक्न लागेको गहुँबालिमा सखाप पारेको छ । अन्नवाली पाकेर टिप्ने समयमा बिहिवार दिउँसो ५ बजे आएको बाढिले बगरमा परिणत गरेको स्थानिय बसन्त थापाले वताए । पाकेको बालि बगाएर लगेपछि कसरि छाक टार्ने भन्ने चिन्ता भएको थापाले वताएका छन् ।
२५ रोपनी जमिनमा गहुँ बाली लगाएको थियो । गहुँ बालीसहित जमिन नै बगरमा परिणत गरपछि स्थानीय चिन्तित बनेका छन् । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुसहित जमिन बगरमा परिणत गरपछि भोकमरीको चिन्ताले पीरलो पारेको स्थानिय पानसरा थापाले वताईन् । गएको भदौमा पनि बाढिले त्यहि ठाँउमा लगाएको धानबालि पहिराले बगाएको थियो ।
वर्षाले जिल्लाका विभिन्न स्थानहरुमा हिउँदे बाली नष्ट पारिदिएको छ । कतै असिनाले नष्ट पार्यो त कतै बाढीले सखाप बनाएको बुढिगंगा कृषि शाखा प्रमुख दिपक बहादुर थापाले वताएका छन् । यसले गर्दा जनतालाई भोकमरीको चिन्ता बढ्न थालेको उनले वताए । गहु बाली भित्र्याउने समयमा बाढी र असिना पानीले नष्ट गरेपछि वर्षभरी के खाने र यस्तो संकटमा कसरी बाच्ने भन्ने चिन्तामा रहेका छन् ।
केही खेतियोग्य जमिन गएको बर्ष भदौमा आएको बाढिले बगरमा परिणत गरेको थियो । बचेको भागमा गहुँ लगाएका थियौ, गहुँ पनि राम्रो थियो बैशाखमा आएको बाढि र असिनाले सबै सखाब बनाएको बुढिगंगा २ का स्थानिय चन्द्र बहादुर थापाले वताएका छन् । बाजुरामा कहिले अतिबृष्टि कहिले अनाबृष्टि र कहिले बाढिपहिरोले सताइरहने गरेको थापाले वताए ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्ला आएको असिना पानि र बाढि पहिरोल किसानको लाखौ मुल्य बराबरको अन्नवालीमा क्षति पुुयाएको वताएका छन् । गहुँबालिमा क्षति पुुयाएपछि जिल्लामा खाद्यन्न संकट उत्पन्न हुन सक्ने प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । जिल्ला भरी बाढि र असिनाले गहुँ र जौ बालिमा ठुलो क्षति पुुयाएको बिस्तृत बिबरण आउन बाकि रहेको अधिकारीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार