शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • चट्याङ्ग लागेर एकको मृत्यु, आठ जना घाइते

चट्याङ्ग लागेर एकको मृत्यु, आठ जना घाइते

  • शुक्रबार, बैशाख २४, २०७८
चट्याङ्ग लागेर एकको मृत्यु, आठ जना घाइते

गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका-४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहाको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार चट्याङ्ग लागेर घाइते हुनेहरुमा दजाकोटका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, ८ वर्षीय जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योती गाहा रहेका छन । घाइते भएका उनीहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा गाहाको भने बाटोमै ज्यान गएको थियो । घाइतेहरुमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । चट्याङ्ग शुक्रबार बिहान उजिरबहादुर गाहा र भीम श्री गाहाको घरमा लागेको हो ।

चर्चामा

सम्बन्धित समाचार