बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जन्म दिनको अवसरमा कन्सन बाजुरालाई नगद तथा खद्ययन्न सहयोग

जन्म दिनको अवसरमा कन्सन बाजुरालाई नगद तथा खद्ययन्न सहयोग

  • मङ्लबार, बैशाख २१, २०७८
जन्म दिनको अवसरमा कन्सन बाजुरालाई नगद तथा खद्ययन्न सहयोग

चक्र बहादुर अयडी — सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ जिल्लाको बुढिगंगा नगरपालिकामा रहेको कन्सन बाजुरामा रहेका बालवालिकालाई आर्थिक सहयोग गरिएको छ । आफ्रनो छोराको जन्मदिनको अवसर पारेर बुढीगंगा नगरपालिका वडा नम्वर २ ताँप्रा बस्ने एवम चोयाकोट माध्यामिक विद्यायालयका प्रधानाध्यापक गोरख बहादुर थापा र उनका भाई खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तनहुँ दमौलीमा कार्यरत सव ईन्जिनियर डम्वर बहादुर थापा , उनका सहकर्मि सवईन्जिनियर केदार प्रशाद पन्त र सव ईन्जिनियर विलु लोहनीले संयुक्त रुपमा मंगलवार १२ हजार ५ सय नगद र ३ हजार बराबरको खाद्ययन्न सहयोग गरिएको मदन रोकायाले जानकारि दिए ।
विश्वमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ ले गर्दा बालबालिकाहरुलाई विभिन्न किसिमको समस्या पर्ने भएकोले आफुहरुले खाद्यन्न तथा नगद सहयोग गरेको चोयाकोट माध्यामिक विद्यालयका प्रअ गोरख बहादुर थापाले बताए ।

पछिल्लो समय विबाह , जन्मउतस्व लगाएतका विषयमा समाजमा देखासिकि गरेर फजुल खर्च गर्ने भएकोले आफुले त्यस्तो नगरेर थोरै भयपनि अनाथ अश्रममा सहयोग गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तनहुँ दमौलीमा कार्यरत सव ईन्जिनियर डम्वर बहादुर थापाले बताए । सो खाद्यन्न सामाग्री र नगद १२५०० बुझ्दै कन्सन बाजुराका संचालक बहादुर थापाले धन्यवाद दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार