बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका गाउँहरुमा बिरामीको कहर, कोरोनाको डरले जाँच गर्दैनन्,

बाजुराका गाउँहरुमा बिरामीको कहर, कोरोनाको डरले जाँच गर्दैनन्,

  • मङ्लबार, बैशाख २१, २०७८
बाजुराका गाउँहरुमा बिरामीको कहर, कोरोनाको डरले जाँच गर्दैनन्,

बाजुरा — बाजुराका ९ वटै स्थानिय तहमा कोरोना भाइरस सँग मिल्दोजुुल्दो लक्षण भएका धेरै बिरामी रहेका छन् । बिरामी धेरै भएपनि चेकजाँच गर्न भने डराउने गरेको पाईएको छ ।
बुढिगंगा नगरपालिका भाइरल ज्वरो, खोकी लगायत कोरोनाको लक्षण भएका गाउँ गाउँमा बिरामी भएपनि डरले कोही एन्टिजेन चेक गर्न नमान्ने गरेको स्थानियले वताएका छन् । सबै वडामा धेरै बिरामी रहेका छन्, कोही पनि चेक गर्न नमान्ने र स्वास्थ्य चौकीमा उपचार गर्न नआउने गरेको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।
बुढिगंगा नगरपालिका ६ बोरावाडामा गाउँभरीका बिरामी रहेको स्थानिय मन बहादुर बोहोराले वताएका छन् । गाउँका धेरै बिरामी रहेका छन्, स्थानिय मेडिकल धाइरहेका छन्, एकजनाले एन्टिजेन चेक गर्दा कोरोना पोजेटिभ देखा परेपछि डरले कसैले पनि चेक नगरेको बोहोराले वताएका छन् । स्वास्थ्य चौकिमा एन्टिजेन चेक गराउन लगाउछन भनेर मेडिकलमा उपचारका लागि धाउने गरेको उनले वताए । स्वास्थ्य संयोजक शाहाका अनुसार एन्टिजेन किट २५ मात्र स्वास्थ्य कार्यलयले पठाएको छ, बिरामी धेरै छन्, कसलाई चेक गर्ने कसलाई नगर्ने उनले वताए ।
बुढिगंगा नगरपालिका ३ सेरामा रहेको एक स्थानिय मेडिकलमा ज्वरो, खोकीका कोभिडको जस्तो लक्षण देखिने बिरामी दैनिक ४० भन्दा बढि आउने गरेको मेडिकल सञ्चालकले वताएका छन् । आइहाल्छन्, औषधि दिएर पठाउने गरेका छौ, भाइरल ज्वरो जस्तै रहेको उनले वताए । बाजुरामा मंगलवार ३ बजे सम्म ९७ जनामा कोरोना पोजेटिभ देखा परेका छन् । ५ जनाको अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
जिल्लाभरी कोरोनाका जस्तो लक्षण भएका बिरामी गाउँगाउँमा रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । गाउँमा कोरोनाका जस्तो मिल्ने लक्षण भएका बिरामी धेरै रहेका छन्, तर चेकजाँच भने नभएको खप्तडछेडेदह गाउँपालिका १ बस्ने धन रोकायाले वताए । उनले बिरामी धेरै छन्, ज्वरो १ हप्ता सम्म पनि सञ्चो नभएको वताएका छन् ।
कोभिड जाँच गर्न कोहि मान्दैनन्, कोरोना लागेपछि झन मानसिक रुपमा समस्या हुने भएकाले अफ्ठयारो अबस्था सम्म पनि घरमै बसिरहेको खप्तडछेडदह गाउँपालिका २ का अध्यक्ष मिन बहादुर शाहिले वताए । अर्को एन्टिजेन चेक गर्ने किट पनि नभएको वताए । गाउँपालिकामा २५ वटा पठाएको भन्ने सुनेका छौ, तर आफुहरुको वडा निकै टाढा रहेको छ, कसैलाई पनि चेक नगरेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार