शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पतालको आइसोलशन कोभिडका बिरामीले भरिदै

जिल्ला अस्पतालको आइसोलशन कोभिडका बिरामीले भरिदै

  • मङ्लबार, बैशाख २१, २०७८
जिल्ला अस्पतालको आइसोलशन कोभिडका बिरामीले भरिदै

बाजुरा — जिल्ला अस्पताल बाजुराको कोरोना उपचार कक्ष आइसोलेशन कोभिडका बिरामीले भरिदै गएको छ । ६ बेड भित्र र २ बेड पालमा रहेका उपचार कक्षमा बिरामीको संख्या बृद्धि भए संगै बेड खाली नहुने देखीएको छ ।
दिनानु दिन कोरोना संक्रमितका बिरामीको चाप बढे संगै जिल्ला अस्पतालमा रहेका कोरोना बिरामी उपचार बेडको अभाव हुने देखीएको छ । यो समाचार तयार पारुन्जेल सम्म ५ जना कोरोनाका बिरामीहरु उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताएका छन । केही समयमा २ जनालाई डिस्चार्ज गरिने डाक्टर जोशीले बताएका छन ।
यता जिल्ला समन्वय समिति बाजुराको समिक्षालयमा बनाएको आइसोलशन संचालनमा नरहेको पाइएको छ । जनशक्ति अभाव भएका कारण आइसोलेशन संचालन गर्न समस्या भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
सोमबार ३ बजेसम्मको रिर्पोट अनुसार बाजुरामा संक्रमितको संख्या ६७ पुगेको छ । यो संगै जिल्लामा प्रत्यक दिन १४ जना भन्दा बढि संक्रमीत हुने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार