बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • समाचार
  • महाकाली र सेती अस्पतालमा थप दुई संक्रमितको मृत्यु

महाकाली र सेती अस्पतालमा थप दुई संक्रमितको मृत्यु

  • मङ्लबार, बैशाख २१, २०७८
महाकाली र सेती अस्पतालमा थप दुई संक्रमितको मृत्यु

२१ वैशाख, धनगढी — कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १३ का २२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका उनको इमरजेन्सी वार्डमा मृत्यु भएको श्रेष्ठले बताए ।

त्यस्तै, महाकाली अस्पतालमा उपचाररत भीमदत्तनगरपालिका १८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका कोभिड १९ सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले कोरोना संक्रमण देखिएपछि चार दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेकी ती महिलाको सोमबार साँझ मृत्यु भएको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार