शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अनेरास्ववियू क्रान्तीकारीद्धारा प्रशासनमा ज्ञापन पत्र बुझायो

अनेरास्ववियू क्रान्तीकारीद्धारा प्रशासनमा ज्ञापन पत्र बुझायो

  • सोमवार, बैशाख २०, २०७८
अनेरास्ववियू क्रान्तीकारीद्धारा प्रशासनमा ज्ञापन पत्र बुझायो

बाजुरा  — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी बाजुराले बिभिन्न मागहरु सहित जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको छ ।
जिल्लामा फैलिदै गएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सबै स्थानिय तहहरुलाई जागरुक बनाउन पहल गर्नुपर्ने । महामारी र बिपतकै बेला ब्यापारीहरुले कालोबजारी र मुल्य बृद्धिलाई मध्यनजर गरी बजार अनुगमनमा बढि जोड दिनुपर्ने लगायतका मागहरु सहित ज्ञापन पत्र बुझाएको अनेरास्ववियु क्रान्तीकारी बाजुराका संयोजक पारस बुढाले बताएका छन ।
जिल्ला संयोजक पारस बुढाको हरुताक्षेरीत ९ बुदे माग सहितको ज्ञापन पत्रमा जिल्ला भित्र इन्टरनेटको पहुचमा रहेका बिद्यालयद्धारा अनलाईन कक्षा संचालन गराउन पहल हुनुपर्ने । जिल्ला भित्रका सबै स्थानीय तहमा रहेका इन्टरनेटको पहुँच नभएका बिद्यालयहरुले बिद्यार्थीहरु बसेको टोलमा शिक्षित ब्यक्तीहरुको पहिचान गरि अनुकुलतामा कक्षाहरु संचालन गरिनुपर्ने लगायतका मागहरु सहित ज्ञापन पत्र बुझाएको अनरेस्ववियु क्रान्तीकारीका जिल्ला ईन्र्जाज गोकुल बिश्वकर्माले बताएका छन ।
त्यसै गरि सो ज्ञापन पत्रमा तराईका जिल्लाबाट राती आईरहेका सवारी साधानले सिट क्षेमता भन्दा बढि मान्छे भर्ने र दोब्बर भाडा लिने गरेकाले सोको जिल्ला प्रशासन कार्यालयद्धारा सम्बन्धीत निकायलाई आबस्यक कदम चलाउनुपर्ने, कोरोना कहर बढ्दै गएका बेला जिल्लाका सबै स्थानिय तहमा आइसोलेशन कक्षहरुको प्रयाप्तता दिन सहजिकरण गर्नुपर्ने, जिल्ला अस्पताल बाजुरामा प्रयाप्त मात्रामा अक्सिजनको ब्यबस्थापन गर्नुपर्ने मागहरु रहेका छन ।
त्यस्तै जिल्लामा रहेका श्रमिक मजदुर र गरिव असाय र जिल्ला बाहिर रहेका बिद्यार्थीहरुका लागि राहत प्याकेजको ब्यबस्थापन गर्नुपर्ने लागयतका ९ ओटा माग सहित प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ज्ञापन पत्र बुझाएको अनेरास्वबियु क्रान्तीकारीका निर्बाचन क्षेत्र न (ख) संयोजक खेमराज साउँदले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार