शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कोरोनाको कहर : बाजुरामा कोरोना जाँच गर्ने एन्टिजेन किट अभाव

कोरोनाको कहर : बाजुरामा कोरोना जाँच गर्ने एन्टिजेन किट अभाव

  • आइतवार, बैशाख १९, २०७८
कोरोनाको कहर : बाजुरामा कोरोना जाँच गर्ने एन्टिजेन किट अभाव

पदम सिंह —  बाजुरा जिल्लामा कोरोना जाँच गर्ने एन्टिजेन किट अभाव भएको छ । कोरोना भाईरस (कोभिड १९) संक्रमणसंग मिल्दो जुल्दो लक्षणका बिरामीहरु गाउँ गाउँमा अत्याधिक बढी भएपनि जाँच गर्ने एन्टिेजेन नहुँदा चेकजाँचमा समस्या भएको छ । बाजुरामा पिसिआर जाँच गर्ने प्रयोशाला छैन्, अहिले एन्टिजेन मार्फत जाँच गर्ने भएपनि किटनै अभाब भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । गाउँ गाउँमा बिरामी धेरै छन्, चेकजाँच तथा उपचारको लागि कसैले चासो दिएका छैन ।

बिरामीहरु कोरोना संक्रमण देखिने डरले स्वास्थ्य सस्थामै नजाने गरेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बाजुरा जिल्लाका नौ ओटै स्थानिय तहलाई २५ वटाका दरले एन्टिजेन किट पठाएको थियो । हिमाली गाउपालिकाले कोरोना भाईरस संकास्पद बिरामीहरुलाई परिक्षण गर्दा २५ ओटा ११ जनामा कोरोना पोजेटिभ देखाएको छ । त्यो भन्दा पहिला दुई जनाको स्वाब परिक्षणको लागि अछामको कमल बजार पठाएकोमा दुबै जना कोरोना पोजेटिभ देखिए पछि हिमाली गाउपालिका हिजो शनिबार देखी शिल गरिएको छ । गाउँपालिका भरि लक्षण भएका बिरामीहरु धेरै छन् ।

एन्टिजेन किट छैन । स्वास्थ्य कार्यालयले पठाएका किट पहिलो दिनमै सकीएको थप जाँच गर्ने किट नै नभएको हिमाली गाउँपालिकाले बताएको छ । गाउँपालिकाका कर्मचारी स्वास्थ्यकर्मी नै कोरोना पोजेटिभ देखीए पछि गाउपालिकाका सबै सेवा बन्द भएको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । आफू पनि बिरामी छु, किट अभाव भएर कोरोना परिक्षण गर्न नभएपाएको मल्लले बडिमालिका खबरलाई बताएका छन् ।

एन्टिजेन खरिदको लागि बाहिर कतै सम्पर्क छैन, जिल्ला स्वास्थ्य कार्यालयलाई खबर गरेको र पठाई दिन्छु भने पनि नपठाएको अध्यक्ष मल्लले बताए । त्यस्तै बुढीगंगा नगरपालिकामा पनि २५ वटा किट पठाएका छन् । बिरामी गाउँ गाउँमा छन् । २५ ओटा किट मात्र छन । कस्लाई परिक्षण गर्नु एक ठाउ गरे अर्को ठाउकोले हामीलाई गरिदएन भनेर बिबाद मात्र सृर्जना हुने बुढीगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाहले बताए । एन्टिजेन किट परिक्षण पछि पोजेटिभ देखीएका कोरोना संक्रमितको संक्रमण दर डरलाग्दो तरिकाले बढीरहेको छ । एन्टिेजन पोजेटिभ देखिएकाहरु कसैको पनि बाजुरामा पीसिआर परिक्षण गरिएको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयले २५ ओटा किट पठाएको गाउँका बिरामीको अनुपातमा त्यो एक टोलमै पनि नपुुग्ने भएर एन्टिजेन परिक्षणमा अन्योल भएको मेयर शाहले बताए । पहिलो चरणमा बाजुरामा ३ सय एन्टिजेन किट पठाएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दका अनुसार जिल्लाका सबै पालिकाहरुलाई पहिलो पटक २५ का दरले पठाएको र बाँकि अस्पताल बाजुरालाई दिएको वताए । थप ३ सय किट आईतवार जिल्लामा पुुगेको चन्दले थपे आवस्यकताको आधारमा माग भए अनुसार पठाउनका लागि पहल भइरहेको वताए । संघिय सरकार, प्रदेश सरकार सँग थप किट माग गरिरहेको वताए ।

संकास्पद बिरामीहरुलाई परिक्षण गर्दा दिनमा कम्तिमा पाच जना भन्दा बढी पोजेटिभ बिरामी देखिने गरेको जिल्ला अस्पताल बाजुराका कोरोना फोकल पर्सन चुणामणी पन्तले बताए । जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार जिल्लामा कोरोना रोकथामका मापदण्डहरु प्रचार प्रचार गरिरहेको वताए ।

जिल्ला भित्रीने नाकामा हेल्थ डेस्क स्थापना गरि भारत लगाएत अन्य कोरोना प्रभाबित जिल्लाहरुबाट आउनेहरुको सख्या संकलन गरि तिनिहरुलाई प्रहरी जनप्रतिनिधिको निगरानीमा होम आईसोलेसनमा बस्ने ब्यबस्था गरिएको छ । जिल्लामा एन्टिजेन किट प्रबिधिबाट परिक्षण भईरहेको छ । नेपाल सरकारने बनाएको मापदण्ड अनुसार जिल्लामा कोरोना संक्रमित २ सय भन्दा बढी नाघे मात्र जिल्लालाई नै निषेधाज्ञा गर्नु भनिएकोले साबधानीको लागि सूचना जारी गरिएको बताए । हिजोबाटै सिल गरिएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार