शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी फेरी डाक्टर विहिन, राजु गए, अर्को आउने नआउने ठेगान छैन 

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी फेरी डाक्टर विहिन, राजु गए, अर्को आउने नआउने ठेगान छैन 

  • शनिबार, बैशाख १८, २०७८
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी फेरी डाक्टर विहिन, राजु गए, अर्को आउने नआउने ठेगान छैन 

जीवन कैला — बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी फेरी डाक्टर विहिन वनेको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजु राज जैशी गए पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन वनेको हो । करीव एक वर्ष देखि दुर्गम क्षेत्र कोल्टीमा रहेर सेवा दिदै आउनुभएका डाक्टर जैशी सोमवार विदाई भएर गएका छन ।

दुर्गम क्षेत्रमा वसेर नागरीकको सेवामा सर्मपित रहनुभएका जैशीको एक वर्षे कार्यकाल सकिए पछि बाजुराबाट विदाई भएर जानुभएको स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । सरकारी स्कुलरसिपमा अध्ययनरत स्वास्थ्यकर्मीले २ वर्ष अनिवार्यरुपमा दर्गममा रहेर सेवा दिनुपर्ने सरकारको प्रावधान रहेको छ । सोहि निति अनुरुप दुर्गम क्षेत्रमा रहेर सेवा दिएका डाक्टर जैशीको कार्य अवधि सकिएकोले विदाई भएर गएका हुन जनस्वास्थ्य निरीक्षक ओमजङ्ग शाहीले बताए । दुई वर्षका लागि बाजुरा आएका डाक्टर जैशीले एक वर्ष जिल्ला अस्पताल बाजुरामा सेवा दिएका थिए भने एक वर्ष प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा सेवा प्रदान गर्नुभएको उहाँले बताउनुभयो । बाजुराको करीव दुई वर्षको वसाई पछि जैशीकोे कार्य अवधि सकिएको बताईएको छ ।

दुर्गम क्षेत्रमा डाक्टर आउन आनाकानी गरीरहेका वेला जैशीले दुर्गम क्षेत्रमा रहेर दिन रात नभनि नागरीकलाई सेवा दिदै आउनुभएको थियो । डाक्टर जैशीले कोल्टी छोडेर गए पछि प्राथमिक स्वास्थ्य केन्द्र अहिले पुरानै अवस्थामा फर्किएको छ । अर्को डाक्टर आउन नआउने कुनै पत्तो छैन । डाक्टर विहिन वनेको करीव एक वर्ष पछि कोल्टीले बल्ल बल्ल डाक्टर पाएको थियो । लामो संघर्ष र विभिन्न चुनौतिका साथ कोल्टीले पाएको डाक्टर जैशीको विदाई पछि नागरीकमा थप चिन्ता थपिएको स्थानियले बताएका छन ।

सामान्य उपचार वाहेक अन्य जटिल खालको उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जानुपर्ने वाध्यता भोग्दै आएका स्थानियलाई विरामी हुदा के गर्ने भन्ने चिन्ताले सताएको छ । बाजुरा लगायत हुम्ला, कालिकोट र मुगुका नागरीकलाई गुणस्तरीय सेवा दिदै आएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले अव कहिले डाक्टर पाउने हो, नागरीक अलमलमा छन । स्थानियको उपचारका लागि पैशा नहुदाको पिडा एका तिर छ भने अर्का तिर विरामी हुदाको पिडा कायमै रहेको छ ।

जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा १२ जनाको दरवन्दि रहेको छ । एक जना मेडिकल अधिकृत, एक जना हेल्थ असिष्टेन्ट, एक जना स्टाफ नर्स, तिन जना अनमि, तिन जना अहेव, एक जना ल्याप असिष्टेन्ट र २ जना कार्यालय सहयोगिको दरवन्दि रहेको उहाँले बताउनुभयो । तर अहिले स्वास्थ्य कार्यालयमा तिन जनाको दरवन्दि खालि रहेको छ । अन्य दरवन्दि परीपुर्ति भए पनि मेडिकल अधिकृत, हेल्थ असिष्टेन्ट र स्टाफ नर्सको दरवन्दि खालि रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

यता स्वास्थ्य संयोजक जशी विकले स्वास्थ्य केन्द्र कोल्टीमा मेडिकल अधिकृतको दरवन्दि अनुसार सरकारले नै पदपुर्ति गर्नु पर्ने बताउनुभयो । डाक्टर ब्यवस्थापनका लागि तत्काल केहि ब्यवस्थापन नहुने बताउदै उहाँले संघिय सरकार र प्रदेश सरकार संग पहलका लागि समन्वय गर्ने बताएका भए पनी केही गर्लान भन्ने अाश मारिसकेकाे एक स्थानीयले बताएका छन ।

स्वास्थ्य केन्द्रमा दरवन्दि अनुसारका स्वास्थ्यकर्मी नहुदा सेवा प्रवाहामा समस्या देखिएको छ । हाल दैनिक ८० देखि ९० जना सम्म सेवाग्राहि आउने स्वास्थ्य केन्द्र अहिले अहेव र अनमिबाट सेवा प्रदान भएको बताईएको छ । स्थानिय सरकारले दरवन्दि अनुसारका स्वास्थ्यकर्मी ब्यवस्थापनमा पहल गरी स्वास्थ्य सेवालाई मजवुत वनाउनु पर्ने अवस्थामा उल्टै ब्यखवर वनेको नागरीकको गुनासो छ । कोरोना महामारीको लहरमा एक जना चिकित्सक अनिवार्य गर्नु पर्ने भए पनि बुढीनन्दा नगरपालिकाले भने रिक्त दरवन्दि पनि पदपुर्ति गर्न नसकेको स्थानियले बताएका छन । अहिले स्वास्थ्य केन्द्र कोल्टीमा अन्य स्वास्थ्यकर्मीले सेवा दिदै आएका भए पनि जटिल खालका विरामीको उपचार गर्ने डाक्टरको अभाव सृजना भएको छ ।

चर्चामा

सम्बन्धित समाचार