शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • कोभिड १९ का विरुद्ध खट्ने निर्णय सहित क्रान्तिकारीको बिस्तारित बैठक सम्पन्न

कोभिड १९ का विरुद्ध खट्ने निर्णय सहित क्रान्तिकारीको बिस्तारित बैठक सम्पन्न

  • शुक्रबार, बैशाख १७, २०७८
कोभिड १९ का विरुद्ध खट्ने निर्णय सहित क्रान्तिकारीको बिस्तारित बैठक सम्पन्न

राजेन्द्र बिक — नेकपा माओवादी केन्द्र निकटको जनबर्गिय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी )को बिस्तारित बैठक सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजन पछि जनवर्गीय संगठन पनि अलग-अलग भएपछी अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय सर्कुलर अनुसार संगठनलाइ गति दिन उक्त वैठक न्युनतम स्वास्थ्यका मापदण्ड पूरा गरि संचालन गरिएको क्रान्तिकारीका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज गोकुल कुमार बिश्वकर्माले बताएका छ्न्।

अनेरास्ववियु क्रान्तिकारीका जिल्ला संयोजक पारस बुढाको अध्यक्षतामा संचालन भएको बैठकको प्रमुख अतिथी क्रान्तिकारीका केन्द्रिय सदस्य तथा सुदुरपस्चिम प्रदेश कमिटीसह-संयोजक दिपक डि.सि.बिशिस्ट अतिथी नेकपा माओवादी केन्द्रका जिल्ला सचिब रमेश बिक,युवा नेता महेश शाही तथा अतिथिमा जिल्ला इन्चार्ज गोकुल बिस्वकर्मा,र अनेरास्ववियु क्रान्तिकारीका पुर्ब केन्द्रीय सदस्य राजेन्द्र बिक समेतकाे उपस्थिती रहेकाे थियो।

बैठकमा विभिन्न पालिका बाट जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने २५ जना जतिको उपस्थिति रहेको जिल्ला कमिटी सदस्य खेमराज साउंदले बताएका छन्। संगठनको बैठकले जिल्ला स्थित सबै पालिकामा इन्चार्ज तथा संयोजक सह- संयोजक चयन गरेको छ भने तत्काल संगठनका सदस्यहरुलाइ कोभिड- १९ का बिरुद्ध जनचेतनामुलक गतिबिधी गरि सहयोगमा जुट्न अपिल गर्नुका साथै कोभिड न्यूनीकरण पछि संगठन बिस्तारमा जुट्न निर्देशन गरेको प्रदेश सह-संयोजक दिपक कुमार डिसिले बताएका छन। कार्यक्रममा बोल्ने बक्ताहरुले अनेरास्ववियु क्रान्तिकारी सडकको बाघ संगठन भएकाले अब अन्याय,अत्याचार ,भ्रष्टाचार ,र शैक्षिक माफियाकरणका बिरुद्धमा गर्जिनु पर्ने बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार