बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा काँग्रेस : उपमेयर र वडाअध्यक्षको क्रियाशिल सदस्यताको फाइल नै गायब गरेपछि……….

बाजुरामा काँग्रेस : उपमेयर र वडाअध्यक्षको क्रियाशिल सदस्यताको फाइल नै गायब गरेपछि……….

  • शुक्रबार, बैशाख १७, २०७८
बाजुरामा काँग्रेस : उपमेयर र वडाअध्यक्षको  क्रियाशिल सदस्यताको फाइल नै गायब गरेपछि……….

बाजुरा — नेपाली काँग्रेस बाजुरामा क्रियाशिल सदस्यता बितरणमा विवाद आएको छ । एकपक्षले बाजुरा संस्थापन पक्षले सदस्यता बितरणमा मनोमानी गरेको भन्दै सामाजि सञ्जालमा समेत चर्को आलोचना गरेको छ ।
त्रिबेणी नगरपालिका उपप्रमुख राधिका सुनार र त्रिबेणी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर भण्डारीको क्रियाशलि सदस्यता फाइलनै गायब गरेपछि झनै विवाद उत्पन्न भएको छ । उपप्रमुख सुनारको नयाँ क्रियाशिल सदस्य हो, भने भण्डारीको नबिकरण हो नगरपालिका बाट जिल्ला पुुग्दा सम्म फाइलनै गायब भएको वडा अध्यक्ष मिन बहादुर भण्डारीले वताएका छन् ।

No description available.
भण्डारीले बडिमालिका खबर सँग भने यो सरासर षडयन्त्र हो एकपक्षले फर्जि हाल्दै जाने अर्को हामिहरुका फाइलनै गायब गरेर राजनितिक गर्न खोजेको वताए । आफ्नो १५ बर्ष पहिला क्रियाशिल सदस्यता लिएको उनले वताए । फाइल नै गायब गरेको जानकारी पाएपछि पुन त भरेका छौ, तर नेतृत्व तहले मनोमानी गरेको भण्डारीले वताए । पार्टी सभापति कविराज पण्डित पक्षले आन्तरिक रुपमा तोकिएको भन्दा बढी र न्यूनतम मापदण्ड नपुगेकै व्यक्तिहरुलाई सदस्यता दिन खोजिएको आरोप पौडेल, सिटौला पक्षहरुले बताएका छन् ।
पार्टीबाटै उम्मेदवार बनेर जितेका त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनार र त्रिवेणी नगरपालिका ३ का वडा अध्यक्ष मिनबहादुर भण्डारीको फाइल लुकाएर सदस्यताबाट रोक्न खोजिएको काँग्रेस सक्रिय कार्यकर्ता भरत बुढाले लगाएका छन् ।

No description available.
नेपाली काँग्रेसको क्रियाशिल सदस्यता प्राप्तीका लागि वडा तहबाटै सिफारिस आउने पर्ने प्रावधान छ । नेताहरुले आफ्ना जिल्ला बाहिरका कार्यकर्ताको पनि सदस्यता फारम भर्ने कार्य गरिएको र योग्यता क्षमता भएका फरक समूहकालाई सदस्यतााट वञ्चित गराएको भरत बुढाले बताएका छन् ।

No description available.
सामाजिक सञ्जालमा पनि काँग्रेस कार्यकर्ता बीच आरोप प्रत्यारोप चलेको छ । पार्टीकै सिफारिसमा उपप्रमुख, वडा अध्यक्षसहीत जनप्रतिनिधी बनेका व्यक्तिहरुलाई रोकेर आफ्ना कार्यकर्ता भर्ती गर्नु नै निन्दनीय कार्य भएको काँग्रेस नेतृ जुना दानीले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेकी छन् । काँग्रेसका हाल ३ हजार १५ जना क्रियाशिल सदस्य रहेका छन् । भने यो सत प्रतिशत सदस्य संख्या थपिने छन् । आगामी भदौ भित्र काँग्रेसले अनिवार्य केन्द्रीय महाधिवेशन गरिसक्नु पर्ने कानुनी बाध्यता छ । जिल्ला अधिवेशन नजिकीएसँगै काँग्रेस भित्र विचार समूहबीचको विवाद बढेको छ । तर संस्थापन पक्षले भने आफुहरुले कुनै पुर्वाग्राहि नगरेको वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार