आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बाजुरामा पीसिआर जाँच नहुदा समस्या

बाजुरामा पीसिआर जाँच नहुदा समस्या

  • बुधबार, बैशाख १५, २०७८
बाजुरामा पीसिआर जाँच नहुदा समस्या

बाजुरा–पछिल्लो समय कोरोना भाइरस फैलिदै गएपनि बाजुरामा पिसिआर जाँच नहुँदा समस्या भएको छ । जिल्लामा कोरोना जाँच नहुँदा अछामको कमलबजार डोटि, धनगढी स्वाब लिएर जानुपर्ने बाध्यता रहेको बाजुरा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले वताएका छन् ।
जिल्ला अहिले केही किट उपलब्ध भएर एन्टीजेन मार्फत कोरोना जाँच गरीरहेको भएपनि त्यो पनि प्रयाप्त नभएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । जिल्लामा अहिले एन्टीजेन किट ३ सय रहेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले वताएका छन् । अहिले कोरोनाको जाँच त्यसैले गरिरहेको कार्यलयले जनाएको छ । जिल्ला अस्पताल बाजुराले एन्टीजेन किट मार्फत जाँच गर्दा ३ दिन यताँ ७ जना कोरोना पोजेटिभ देखाएको छ ।
पहिलो चरणमा एन्टीजेन बाट जाँच गर्दा पोजेटिभ देखिएमा फलोअपमा जाँच पिसआर गर्नुपर्ने हुन्छ, तर जिल्लामा पिसिआर जाँच गर्ने मेसिन नहुँदा स्वाब संकलन गरेर जिल्ला बाहिर पठाउनु परेको बाजुरा अस्पतालले जनाएको छ । जिल्ला बाहिर पठाउदा निकै समस्या र आर्थिक भार पनि बढि हुने अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले वताए ।
केही दिन पहिला कोरोना परिक्षण जिल्लामै गर्न पीसिआर मेसिन खरिदको लागि जिल्लाका ९ ओटै स्थानीय पालिकाहरुसंग समन्वय गर्न जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायालाई जिम्मा दिएको थियो । त्यसको कुनै प्रक्रिया अगाडि नबढेको पाईएको छ । कुनै पनि स्थानिय तह प्रदेश र संघ सरकार सँग समन्वय नभएको पाईएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने कोभिड १९ चेक जाँचको लागि अन्यन्त्र जिल्लाहरुमा जानु पर्ने र रिर्पोट आउन समेत ढिलो हुने भएकाले जिल्लामा मेसिन खरिदका लागि पहल गर्न बैठक रोखेर समन्वय त गरेको हो । तर कुनै पहल भने हुन नसकेको अधिकारीले वताए । स्वाबलाई जिल्ला बाहिर लिएर परिक्षण गर्दा पनि पालिकाहरुको खर्च अत्याधिक खर्च हुने गरेको छ । सो खर्च बाफतको रकम सबै पालिकाहरु मिलेर पीसिआर मेसिन खरिद गर्दा सजिल्लो हुने जिल्ला बिपत ब्यबस्थापन बैठकले निष्र्कष निकालेको थियो ।
बुढिगंगा नगरपालिकाले गत बर्ष नै पिसिआर मेसिन खरिदका लागि २० लाख बिनियोजन गरेको थियो । अन्य स्थानिय तहले बजेट बिनियोजन नगर्दा त्यो बेला पिसिआर खरिद गर्न नसकेको थियो । बाजुरामा पनि कोरोनाका उच्च जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यलय बाजुराले अर्को सुचना जारी नहुँदा सम्म बुधवार बाट बिद्यालय बन्द गरेको छ ।
नेपाल सरकारले जारि गरेको २०७८ बैशाख ६ गते जारि गरिएको नयाँ भेरिएट सहितको कोभिट १९ को दोस्रो लहत रोकथाम तथा नियन्त्रण सम्बन्धि आदेश २०७८ कार्यन्वयन गर्ने गराउने परिपत्रममा रहि जिल्लामा पनि त्यो निणर्यको पालना गर्न गराउन सबै स्थानिय तह तथा सरोकारवाला निकायहरुलाई पत्रचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार