शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्षे कार्य ‘प्रगति विवरण झूटो’ पाइयो

सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्षे कार्य ‘प्रगति विवरण झूटो’ पाइयो

  • बिहिबार, बैशाख ९, २०७८
सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्षे कार्य ‘प्रगति विवरण झूटो’ पाइयो

धनगढी: कोरोना कहरका बीच पनि सुदूरपश्चिम प्रदेशबाट पुनः श्रमस्वीकृति लिनेको संख्या बढ्दै गएको पाइएको छ। प्रदेश सरकारले भने यसअघि प्रत्येक जिल्लाबाट ३५ जनाको सहभागिता हुने गरी १२० जनालाई वैदेशिक भाषाको तालिम प्रदान गरेको विषयलाई आफ्नो कार्य प्रगति विवरणमा उल्लेख गरेको छ।

त्यस्तै बाजुरा र धनगढीमा वेरोजगार युवाहरुको लगत संकलन गरिएको विषयप्रति भने अधिकारीहरु नै अनभिज्ञ देखिएका हुन्। एक करोड बजेट विनियोजन गरेर अहिले १८ स्थानीय तहमा सामाजिक विकास मन्त्रालय मार्फत मागमा आधारित तालिम चलिरहेको बताइएको छ।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी र कञ्चनपुरका लागि ५०/५० लाख विनियोजन गरेर विदेशबाट फर्किएकाहरुलाई तालिम दिने काम भइरहेको छ।

‘विवरण नै झूटो’

सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको वैदेशिक रोजगारीसम्बन्धी तीन वर्षे कार्य प्रगति विवरण नै झूटो भएको पाइएको छ। ३२० जनालाई वैदेशिक भाषा तथा सीप विकास तालिम प्रदान गरिएको सो प्रगति विवरणमा उल्लेख छ।

त्यति मात्र होइन प्रगति विवरणमा वेरोजगार युवाको तथ्यांक राख्ने काम प्रति सम्बन्धित अधिकारी अनभिज्ञ मात्र नभएर त्यो कामै नभएको पाइएको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत सत्यराज जोशीले दिनेशखबरलाई बताए, “वैदेशिक भाषा सिकाउनकै लागि मात्र नभएर मागमा आधारित सीपमूलक तालिमका लागि सवै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने तयारी छ।”

तर सामाजिक विकास मन्त्रालयका एक अधिकारीले प्रदेश सरकारको वैदेशिक रोजगारी सम्बन्धी प्रगति विवरण झूटो नभएको जिकिर गरे।

विदेशवाट फर्किएका श्रमिकका लागि मागमा आधारित सीपमूलक तालिम सञ्चालन भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ९ वटै जिल्लाभित्र यस्ता तालिमहरु सञ्चालन भइरहेको बताइएपनि दूरदराजका युवाहरु भने यस्ता कार्यक्रमहरुबाट लाभान्वित हुन सकेका छैनन्।

प्रदेशभित्र दिनप्रतिदिन बेरोजगारी समस्या बढ्दै गएको छ। प्रदेश सरकारले बेरोजगार युवालाई लक्षित गरी सञ्चालन गरेका कार्यक्रम प्रभावहीन बनेपछि वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिनेको संख्या बढ्दै गएको हो।

श्रमस्वीकृति

प्रदेश नै हेर्नेगरी धनगढीमा २०७५ सालमा स्थापना भएको श्रम तथा रोजगार कार्यालयबाट आर्थिक वर्ष २०७५/७६ मा एक हजार ५२९, आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ३६१ र कोरोना कहरकै बीच पनि चालू आर्थिक वर्षकोको चैत मसान्तसम्म ६ सय ४१ जना पुरुष र १२ जना महिला गरी ६५३ जनाले पुनः श्रमस्वीकृति लिएको पाइएको हो।

त्यसबारे श्रम तथा रोजगार कार्यालय धनगढीका सूचना अधिकारी जयदेब विष्टले दिनेशखबरसँग भने, “अनलाइन फारम भरेर पनि पुनःश्रमस्वीकृति लिन सकिने व्यवस्थाका कारण केहि समययता यहाँबाट श्रमस्वीकृति लिनेको संख्या घटेको देखिन्छ, तर वैदेशिक रोजगारीका लागि वर्षेनि ठूलो संख्या युवा पलायन भइरहेका छन्।”

केही समयअघिसम्म वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिन यसअघि काठमाडौं जानुपर्ने बाध्यता थियो। पछिल्लो समय प्रदेशमै श्रम तथा रोजगार कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको हो। आन्तरिक श्रमिकको गुनासो सुन्ने व्यवस्था समेत गरिएको छ।

ज्याला नपाएको भन्दै कार्यालयमा १३ ओटा उजुरी परेकोमा ७ ओटाको किनारा लागिसकेको छ भने ६ ओटा फर्छ्यौट प्रक्रियामा छन्। कार्यालयले श्रमिक आपूर्तिकर्ता दर्ता, नवीकरण लगायत काम पनि गर्दै आएको हो। श्रमिक आपूर्ति दर्ताका लागि १० हजार र नवीकरणका लागि ५ हजार शुल्क निर्धारण गरिएको छ। दिनेश खवर अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार