शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • खेलाडी असुरक्षित र खेल निष्पक्ष नभएको भन्दै पाँच स्थानिय पालिकाद्धारा खेल बहिस्कार

खेलाडी असुरक्षित र खेल निष्पक्ष नभएको भन्दै पाँच स्थानिय पालिकाद्धारा खेल बहिस्कार

  • मङ्लबार, बैशाख ७, २०७८
खेलाडी असुरक्षित र खेल निष्पक्ष नभएको भन्दै पाँच स्थानिय पालिकाद्धारा खेल बहिस्कार

बाजुरा ७ बैशाख ः मार्तडीमा बैशाख ५ गतेबाट सुरु भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडी सुरक्षित तथा खेल निष्पक्षनभएको भन्दै १२ औं राष्ट्रपति रनिङ सिल्डमा सहभागि पाँच स्थानिय तहका बिद्यालयले बहिस्कार गरेका छन् ।
बाजुरा जिल्लाका नौ ओटा स्थानीय तह मध्ये १२ औं राष्ट्रपति रनिङ सिल्डमा सहभागी बुढीगंगा नगरपालिका, त्रिबेणी नगरपालिका, खप्तड क्षेडेदह गाउपालिका, जगन्नाथ गाउपालिका, गौमूल गाउपालिका र बडिमालिका नगरपालिकाले रनिङ सिल्डमा भाग लिएका छन् ।
सहभागी छ स्थानिय तह मध्ये बडिमालिका नगरपालिका बाहेकका पाँच स्थानिय तहले खेलाडी र प्रशिक्षक तथा ब्यबस्थापक समेत सुरक्षित नभएको भन्दै जिल्ला खेलकुद बिकास समितिलाई पाँच बुदे जानकारी पत्र बुुझाएका छन् ।
जिल्ला खेलकुद बिकास समितिले जिल्ला सदरमुकाममा रहेको मालिका नमुना माबिका शिक्षकहरुले मात्र खेल प्रशिक्षकलाई मात्र जिम्मा दिएको र तोकीएका प्रशिक्षकले निष्पक्ष नखेलाएको पटक पटक खेल खोलाउदा विवादित बनाउदै खेलाडी माथि आक्रमण भएपछि बाँकी खेलमा सहभागी हुन नसक्ने भन्दै जिल्ला खेलकुद समितिलाई पाँच बुदे जानकारी पत्र बुुझाएको बुढीगंगा नगरपालिकाका खेल प्रशिक्षक हंसबहादुर बुुढथापाले बताए ।
मालिका नमूना मालिले खेलमा छनोट बिनाका खेलाडीलाई सहभागि गराएको कबडी खेलमा निष्पक्षनखेलाएको र रेफ्रिले खेलाएको नियमलाई आत्मा सात गर्दै खेल हार सुुईकार गर्दा गर्दै मालिकाका शिक्षक उत्तम जोशी नेतृत्तोको उच्छिरिङकल शैलि देखाई शिक्षक र बिद्यार्थी र अन्य बजारका सथानियले आर्कमण गर्दा बुढीगंगा नगरपालिकाका बिद्यार्थीहरुलाई चोट लागेको बुढीगंगा नगरपालिकाका खेल प्रक्षिक हंसबहादुर बुुढथालेले बताए ।
खेल संचालन गर्दा निष्पक्षपनि नहुुने खेल हार्दा कुुटाई गाली बैजती पनि पाउनु यस्तो कार्य शैय नभएपछि पाँच बुदे जानकारी पत्र सहित खेल बहिस्कार गरेको बुढथापाले बताए । खेल सदरमुकाम मै हुने र मालिका नमूना माबिले जहिलै बिबाद गरिरहने विदार्थीलाई आक्रमण गर्ने,गाली गलौज गर्ने,कुटपिट गर्ने र असभ्य व्यवहार देखाएर खेल प्रभावित पार्ने कार्य भएकाले आगामी वर्ष हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मार्तडीमा भए सहभागी नहुने जानकारी पत्रमा भनिएको छ ।
खेलमा सहभागी भएका बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका,खप्तड छेडेदह गाउँपालिका,जगन्नाथ गाउँपालिका र गौमुल गाउँपालिकाका खेल प्रशिक्षक प्रमुखले हस्ताक्षरित जानकारी पत्र बुझाएका हुन् ।
पत्रमा १२ औं राष्ट्रपति रनिङ्ग शिल्डमा संचालन हुने बाकी रहेका खेलमा सहभागी नहुने, जिल्लाबाट प्रदेशस्तरिय खेलकुदमा सहभागीता नजनाउने, सो मागहरुको सुनुवाई नभएमा प्रदेशस्तरिय खेलकुदमा सहभागी हुने खेलाडीलाई बाटो तथा खेल संचालन हुने ठाउँमा बुढीगंगा नगरपालिकाको नेतृत्वमा र अन्य स्थानीय तहको सहयोगमा खेल अवरोध गरिने जानकारी पत्रमा लेखिएको छ ।
यस्तै जानकारी पत्रमा विगतका राष्ट्रपति रनिङ्ग शिल्डमा गौमुल गाउँपालिकाको अम्लिस माविले जितेको राष्ट्रपति रनिङ्ग शिल्ड नम्बर घटबढ गरी मालिका माविलाई शिल्ड जिताएकाले उक्त गल्ती तथा त्रुटी सच्याई गल्तीमा माफी माग्दै आगामी दिनमा यस्ता कार्य रोक्न जोदडार माग गरिएको गौमुल गाउपालिकाका खेल प्रशिक्षक धनबहादुर रोकायाले बताए ।
जानकारी पत्रमा बुढीगंगा नगरपालिकाका खेल प्रशिक्षक हंस बुढथापा,गौमुल गाउँपालिका खेल प्रशिक्षक धनबहादुर रोकाया
खप्तड छेडेदह गाउँपालिका खेल प्रशिक्षक रामबहादुर रावत ,त्रिवेणी नगरपालिकाका खेल प्रशिक्षक गणेश साउँद र जगन्नाथ गाउँपालिकाका खेल प्रशिक्षक पवन रोकायाले हस्ताक्षर गरेर खेलकुद निर्देशन समितिलाई बुझाइएको छ । पाँच वटा स्थानिय तहले दिएको जानकारि पत्र पछि जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख लक्ष्मि बडुवाललाई टेलिफोन मार्फत बुझ्न खोज्दा बडुवालले फाेन उठाएन ।
जिल्ला खेलकुद बिकास समितिलाई बुुझाएको जानकारी पत्रमा के छ त हेर्नुुहोस

 

चर्चामा

सम्बन्धित समाचार