बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा सदरमुकाम मार्तडीबाट गाैमुल जाँदै गरेकाे जीप दुर्घटना

बाजुरा सदरमुकाम मार्तडीबाट गाैमुल जाँदै गरेकाे जीप दुर्घटना

  • आइतवार, चैत्र २९, २०७७
बाजुरा सदरमुकाम मार्तडीबाट गाैमुल जाँदै गरेकाे जीप दुर्घटना

गौमुल गाउँपालिका केन्द्र घट्मुनामा जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परी चार जना घाईते भएका छन् । सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको मानाकोट जादैं गरेको से १ ज ५८० नम्बरको जीप गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका चार जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जीप आईतवार अप्रहन्न ४ बजेतिर दुर्घटनामा परेको हो । जीप गुडिरहेको अवस्थामा एकाएक अनियन्त्रित भएर सडकमै पल्टिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

 जनायात्रुहरु सवार रहेको जीप एकाएक सडकमा पल्टिएको हो । घाइते हुनेमा गौमुल गाउँपालिका–५ नक्राडाका अन्दाजी ४५ वर्षीया नर बहादुर रोकाया, गौमुल गाउँपालिका–१ दुर्गालीका अन्दाजी २५ वर्षीया सुर्मा रोकाया र बुढीनन्दा नगरपालिका–९ का अन्दाजी २६ वर्षीया बिर्मा रोकाया र सोही वडाका उनका श्रीमान करिब २८ वर्षीया रुद्र रोकाया रहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

घाइते मध्ये बिर्मा रोकाया र नर बहादर रोकाया अवस्था गम्भीर रहेको छ । उनीहरुको घट्मुना स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । घाइतेहरु मध्ये दुई जनाको थप उपचारका लागि अन्यन्त्र रिफर गरिने भएको छ । जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार