सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • प्रदेश ७
  • पत्रकार महासंघ सुदूरपश्चिमको नेतृत्वका लागि रावल र ओली प्यानलसहित भिड्ने

पत्रकार महासंघ सुदूरपश्चिमको नेतृत्वका लागि रावल र ओली प्यानलसहित भिड्ने

  • शनिबार, चैत्र २१, २०७७
पत्रकार महासंघ सुदूरपश्चिमको नेतृत्वका लागि  रावल र ओली  प्यानलसहित भिड्ने

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको नेतृत्वका लागि कृष्ण ओली र योगेश रावल प्यानलसहित भिड्ने भएका छन। प्रेस चौतारीबाट ओली र प्रेस यूनियनसहितको संयुक्त प्यानलबाट रावल अध्यक्षका उम्मेदवार भएको अन्तिम नामावली सार्वजनिक गरिएको छ। चैत २५ गते हुने निर्वाचनका लागि ४७ जनाले उम्मेदवारी दर्ता गराएकामा ६ जनाले फिर्ता लिएका छन्।

उपाध्यक्षमा प्रेस यूनियनसहितको संयूक्त प्यानलबाट योगेन्द्रबहादुर बलायर र प्रेस चौतारी प्यानबाट लक्ष्मण तिवारी प्रतिस्प्रधामा उत्रिएका छन। महिला उपाध्यक्षमा भने प्रेस चौतारीबाट रेणु कार्की निरविरोध निर्वाचित भएकी छिन्। महा–सचिवमा यूनियनसहितको संयूक्त प्यानलबाट रामसिँह ठगुन्ना र चौतारीबाट शिवराज भट्ट, सचिव (समावेशी)मा संयुक्तबाट प्रेम चुनारा र चौतारीबाट बलबहादुर चदारा, सचिवमा प्रेस चौतारीबाट नरेन्द्र सिंह कार्की र संयुक्त प्यानलबाट हरि प्रसाद जोशी, कोषध्यक्षमा दुर्गा उपाध्याय संयुक्तबाट, चौतारीबाट नरेशकुमार शाही र रामबहादुर धामी बिच प्रतिस्प्रधा हुने भएको छ।

खुल्ला सदस्यमा गगन बहादुर ऐडी, चन्द्रबहादुर थापा, जनकबहादुर खड्का, तपेन्द्र कुवँर, दिर्घ खत्री, दिपेन्द्र भण्डारी, धर्मेन्द्र बि.सी, भागिरथ अवस्थ र वीरबहादलुरगडालका बिच प्रतिस्प्रधा हुने भएको छ।

दलित सदस्यमा गोकर्ण दयाल, धनबहादुर वि.क र भीम वि.कका बिच प्रतिस्प्रधान हुने भएको छ। आदिवासी–जनजाती सदस्यमा रामचन्द्र (दहित) चौधरी, रामबहादुर (दहित) चौधरी र रामलखन चौधरी बिच प्रतिस्प्रधान हुने भएको छ। अल्पसंख्यक तथा अपाङ्ग सदस्यमा नहकुल जि.सी सर्वसहमत भएका छन्।

चर्चामा

सम्बन्धित समाचार