बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • प्रवाशी मज्दुरको अन्य मज्दुरको भन्दा बढि समस्या

प्रवाशी मज्दुरको अन्य मज्दुरको भन्दा बढि समस्या

  • शुक्रबार, चैत्र २०, २०७७
प्रवाशी मज्दुरको अन्य मज्दुरको भन्दा बढि समस्या
फाइल तस्बिर
                सुरेशकुमार पान्डे

यो लेखको शिर्षकलाई पढ्दा आम ब्यातिलाई कस्तो कस्तो लाग्ला त्यो छुट्टै कुराहो।तर साँच्चै भन्दा आम मज्दुरहरुको भन्दा पनि प्रबाशी मजदुरहरुको बढि समस्या हुँन्छ भन्ने मलाई लाग्छ।
“भन्छन कित पढेकोले जानेको होन्छ कि भोगेकोले जानेको हुँन्छ।”यो यथार्थमा भन्नु पर्दा साँच्चै पनि हो।हामिलाई भोगेका हरुलाई बढि जानकारी हुँन सक्छ।मेरै आफ्नो अनुभबमा मैले भोगेको बिषय बस्तु बाट पनि छर्लङ्गै हुँन्छ।हामी जुन सुकै देशमा रहेका भय ता पनि हामि पर्वाशि मज्दुर हौँ।कति पए देशमा त्यँहाको फैसल्टी राम्रो पनि हुँनसक्छ।उनिहरुले सुखःसुबिधा पनि पाएका हुँन सक्छन।मैले भारतको कुरा गर्छु किन कि म भारतमा बसेको लामु समय भयो।तरपनि कति पय राम्रो ओफिसर होलान त्यो छुट्टै कुरा हो म एउटा मुज्दुरको बारेमानै आफ्नो लेख लाई केन्द्रित गरेर भनेकोछुँ।
यो चार दशक भन्दा पनि लामु समय सम्मको मेरो अनुभवमा मलाई लाग्छ लोकल मज्दुरहरुको भन्दा पनि अतिरिक्त समस्याहरु हामिहरुका हुँन्छन।यस बारेमा मैले पहिलै पनि कयौँ पल्ट लेख रचनाहरुको माध्यायम बाट भन्दै आएको पनि छुँ।
हामिले भारतमा आई सकेपछि यँहाको मज्दुरहरुले जुन ज्यालामा काम गर्छन त्यो पाउँदैनौँ।किन भने हामी घर बाट निस्किने बेला मात्र किराया र केहि जोडा कपडा लिएर आउँछौँ।हामि लाई आउँदा बित्तिकै काम नभै हुँदैन किन भने हाम्रो पास न बस्ने ठाउँ हुँन्छ न खालि बसेर खान सक्ने रुपियाँ हुँन्छ,न त हाम्रो अरु कुनै सिफारीसको श्रोत हुँन्छ।केही दिन खालि बस्नु पय्रो भनि हामि लाई भोकै मर्ने अबस्था श्रृजित हुँन्छ।यो हामि लाहुरेहरुको वास्तबिक समस्याहो जो लोकल मज्दुरको हुँदैन यानिकी उनिहरुको भन्दा अति रिक्त समस्याहो।यसैको फाईदा उठाएर यँहाका धनी मालिक हरुले हामि सँग थोरै ज्यालामा अतिरिक्त काम बढी गराएर आफ्नो लागतमा बचत गरेका हुँन्छन।
आर्को समस्या जब यँहाका मज्दुरले पाँच सए रुपिया भन्दा कम मा नगर्ने त्यहि काम जब हामिले तिन सएमा गर्न तैयार हुन्छौँ अनि उनिहरु भन्दा बढि पनि गर्छौँ त्यस बाट उत्पन्न हुँने समस्या त्यो हो लोकल मज्दुर सँग हुँने हाम्रो दुश्मनी।हामीहरुको उदेश्यको ठिक बिपरित हाम्रो ब्यबहार बन्न जान्छ।
एकातिर बर्गिय शंघर्षमा हाम्रो जोड र अन्तरराष्ट्रीय भाईचारा बनाएर जाने हाम्रो शिधान्त छ भने आर्को तिर हाम्रो समस्याले गर्दा उनिहरुको रोजगारी कम ज्यालामा हामिले हथ्याएका हुँन्छौँ।जस्ले गर्दा हामि मज्दुरहरुको बिचमा वैमेज्यस्ता पैदा हुँन्छ।यसमा न त हामि दोशी छौँ न उनिहरु दोशि छन।मात्र एक आर्काको समस्यालाई बुझ्न नसक्दा यो अबस्था जन्मिएको हो।तर पनि हाम्रो आफ्नो समस्यालाई उनिहरुमाथि लाधनु हाम्रो अधिकार हुँदैन त्यसकारण हामिनै मुख्य दोशि हौँ भन्ने मलाई लाग्छ।
भारतमा हामी दुई प्रकारका नेपालीहरु छौँ एउटा सुगौलीमा भयको शन्धिको तहत जमिन सँग भारतिए नागरिक हुँन पुगेका अप्रवाशि नेपाली आर्को हामीहरु जो भारत तथा नेपालको शान्ति तथा मैत्रि शन्धिको तहत आएका प्रवाशी नेपाली।तर भारतिय ठुला ठालु मात्रै होईन धेरै जसो मज्दुरहरुले पनि हेर्ने दृष्टी कोण एकै नासे प्रया हुँन्छ।
भारत सँग नेपालको मैत्री शन्धि भएपनि कति पय राज्यहरुले त्यो शन्धिको बारेमा भन्दा पनि बिदेशका ब्याक्तिको रुपमा बढी मुल्यांकन गर्दा हाम्रो शन्तान सदै अपठ्यारोमा परेको हुँन्छ।हामीले भारतमा आफ्नो ठाउँ बनाउँन एक प्रकारको गुलामि गर्नु परेको हुँन्छ,जोखिम पुर्ण काम र त्यो पनि कम ज्यालामा गरेर हामिले ज्यान त्यान आफ्नो गुजारा गरेका हुँन्छौँ।तर यसका लागि हामिले स्थानिय मज्दुरहरुको दृष्टीमा उनिहरुको रोजगार खोसेकाछम।एउटा देशको मज्दुरले आर्को देशमा गएर सस्तोमा बढी काम गर्नु भनेको त्यो देशको मज्दुरको बिरुद्धमा गरेको काम बुझिन्छ।मानि देउँ हाम्रो गाउँमा दीन भरि दाउरा चिरेको ज्याला पाँच सएछ,हामी दाउरा चिरेर गुजारा गरेका छौँ त्यही बेला भारतिए मज्दुर गयर तिन सए मा दिनै भरी दाउरा चिर्छ भने हामिले काम पाउँदैनौँ।हामिले काम नपाएपछि हाम्रा बच्चा भोकै बस्नु बाध्य हुँन्छन त्यो बेला हामीलाई पनि त रिश उठ्छ।यस्तो अबस्थामा हामिले मज्दुर मज्दुर भाई भाईको नारा लगाउँदैनौँ।यो हाम्रो लागि आर्को जटिल समस्या हुँन गयो।हाम्रो देशका साशकहरु र भारतिए साशकहरु द्वारा गरिएका शन्धि र सम्झौताहरु एकतर्फिए हुँन पुग्नुपनि कतिपय यस्तै कारणहरु पनिछन।अहिले हाम्रो शन्तानले भारतमा सरकारी सेक्टरहरुमा रोजगार पाउँन सक्ने क्षामता छैन भनेपनि असान्द्रिभ नहोला।किन भने यँहा अहिले रोजगारमा राजनीतिक करण हुँदै गएको अबस्थामा नेपालीहरुले यँहाका लोकल युवकहरु सँग मुकाविला गर्न सकिदैन।त्यसकारण अब शन्धिले जेसुकै भनेपनि त्यो लागु हुँन सक्दैन भन्ने कुरा बिगतका बर्षहरु बाट पनि पुष्टी भै सकेकोछ।
मज्दुरीमा पनि ठेक्का प्रथा र कमिहनको होड छ बिस्तारै हाम्रो शन्तानले अब भारतमा कामपाउँने अबस्था छैन।पाएपनि त्यो समस्याको चौघेरा भित्र घायल भयर बस्नु पर्ने छ।जुन सुकै अबस्थामा पनि प्रवाशी मज्दुरको समस्या लोकल मज्दुरको भन्दा अतिरिक्त हुँने ताछँदैछ।

चर्चामा

सम्बन्धित समाचार