शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा एमाले ओली समूहले आह्वान गरेको संसदीय दलको बैठक माधव समूहद्वारा ‘वहिष्कार’

सुदूरपश्चिममा एमाले ओली समूहले आह्वान गरेको संसदीय दलको बैठक माधव समूहद्वारा ‘वहिष्कार’

  • सोमवार, चैत्र १६, २०७७
सुदूरपश्चिममा एमाले ओली समूहले आह्वान गरेको संसदीय दलको बैठक माधव समूहद्वारा ‘वहिष्कार’

धनगढी– नेकपा एमाले (ओली) सुदूरपश्चिम प्रदेश समितिको निर्णयलाई अर्को पक्ष नेकपा एमाले (माधव) समूहले बहिष्कार गर्ने बताएको छ।

समिति नै अवैधानिक रहेको बताउँदै माधव समूहले वहिष्कार गर्ने बताएको छ। नेकपा एमाले (ओली) सुदूरपश्चिम प्रदेश समितिले आज दिउँसो १ बजे संसदीय दलको बैठक आह्वान गर्न निर्देशन दिएको थियो। तर बैठकमा सहभागी नहुने बताइएको छ।

नेकपा एमाले (माधव) कैलाली अध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य दीर्घ सोडारीले आह्वान गरिएको बैठकबारे आफुलाई कुनै जानकारी नभएको बताए।

संसदीय दलको बैठक सम्बन्धित राजनीतिक दलको संसदीय दलको नेताको अध्यक्षतामा बस्ने प्रावधान रहेको छ। यहाँ संसदीय दलको नेता र प्रमुख सचेतक माधव समूहका नै रहेका छन्।

नेकपा संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह भन्छन् “दलको नेता मै हुँ। राजनीतिक कामले म काठमाडौं छु। त्यसैले अरुको अध्यक्षतामा बैठक बस्ने कुरा बिल्कुलै अवैधानिक हुन्छ। त्यसलाई प्रदेशका माननीय ज्यूहरुले अस्वीकार गर्नुहुन्छ।”

उनले पार्टीको बैठकदेखि बैठकको लागि निर्देशन दिने व्यक्ति हारेको मान्छे रहेकोले निर्देशन दिने अधिकार कसरी पाएर भनेर प्रतिप्रश्न समेत गरेका छन्।

“पार्टीको बैठक भनेपछि कुन पार्टीको ? अहिले नेकपा एमालेको इन्चार्ज पनि छैन। अध्यक्ष पनि छैन। कोही सचिव पनि छैन। मैले प्रदेश सचिव राजेन्द्रसिंह रावलको नाममा सूचना जारी भएको छ, भनेर सुने”, उनले अगाडि थपे, “उनी एमाले कञ्चनपुरमा जिल्ला कमिटीमा हारेको मान्छे हुुन्। तारा लामा तामाङसँग हारेको मान्छे कहिले प्रदेश सचिव भए ? कहिले केन्द्रीय सदस्य भए ? उनले कसरी निर्देशन गर्ने अधिकार प्राप्त गरे ? यो मैले बुझेको छैन। असंवैधानिक कुरा हुन्। गैरकानूनी काम हो।”

‘लेखराजको एमालेमा हैसियत छैन’
त्यस्तै, उनले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री नेकपा एमालेमा हैसियत विनाको मान्छे रहेको समेत टिप्पणी गरेका छन्। दिनेशखबरसँग कुरा गर्दै उनले भने, “जहाँसम्म लेखराज भट्ट भनेको त हाम्रो पार्टीको नवौं महाधिवेसनमा निर्वाचित न केन्द्रीय सदस्य हो, न कुनै पदाधिकारी हो। उहाँ माओवादीबाट निर्वाचित सांसद हो। माओवादीको हैसियतमा भएको मन्त्री हो। उहाँ हाम्रो इन्चार्ज होइन। कर्ण थापा जी पनि हाम्रो प्रदेश अध्यक्ष होइन। उहाँ प्रदेशको सहसंयोजक मात्रै हो। त्यसैले सबै गैरकानूनी छ। हामी आश्यकता परेको अवस्थामा दलको बैठक बोलाइहाल्छौ। आजको बैठक अवैधानिक छ।”

नेकपा एमाले (ओली) प्रदेश समितिको आइतबार बसेको बैठकले संसदीय दलको बैठकको लागि संसदीय दलको नेतालाई निर्देशन दिएको थियो। प्रदेश समितिको बैठकमा सहभागी नेकपा एमाले (ओली) समूहका केन्द्रीय सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सोमबार दिउँसो १ बजे बैठक आह्वान गरेको जानकारी दिए।

केही दिनयता नेकपा एमाले (ओली समूहका नेताहरु सुदूरपश्चिम प्रदेश केन्द्रित भएका छन्। त्रिलोचन भट्ट नेतृत्वको प्रदेशलाई दिएको समर्थन फिर्ता लिने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्नेमा सो समूह केन्द्रित भएको छ। यसैबीच प्रदेश इन्चार्ज समेत रहेका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापालगायतका नेताहरु सक्रिय बनेका छन्।

पछिल्लो समय नेकपा एमाले सुदूरपश्चिमभित्रको विवाद पेचिलो बन्दै गएको छ। दुबै समूहले आफुहरु आधिकारिक रहेको दाबी गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेश सभामा सभामुख समेत गरि नेकपा एमालेका २५ जना प्रदेश सांसद रहेका छन्। जसमध्ये ६ जना मात्रै ओली समूहमा खुलेका छन्। ओली समूहले नयाँ सरकारको कसरतमा जुटेको छ। यसैबीच सो समूहले आफुुलाई आधिकारिक दाबी गर्दै अर्को समूहका प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोध्ने र चित्त बुुझ्दो जवाफ नआएको अवस्थामा कारवाही गर्ने रणनीतिमा छ।  साभार दिनेश खवर

चर्चामा

सम्बन्धित समाचार