शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सुदूरपश्चिमको पदाधिकारी बैठक बस्दै, २ मन्त्रीसहितका सांसदलाई स्पष्टिकरण सोध्ने तयारी

एमाले सुदूरपश्चिमको पदाधिकारी बैठक बस्दै, २ मन्त्रीसहितका सांसदलाई स्पष्टिकरण सोध्ने तयारी

  • आइतवार, चैत्र १५, २०७७
एमाले सुदूरपश्चिमको पदाधिकारी बैठक बस्दै, २ मन्त्रीसहितका सांसदलाई स्पष्टिकरण सोध्ने तयारी

नेकपा एमाले सुदूरपश्चिमको पदाधिकारी बैठक बस्ने भएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा आइतबार पदाधिकारी बैठक बस्न लागेको नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले दिनेशखबरलाई जानकारी दिए।

उनले बैठक धनगढीमै बसिरहेको बताउँदै कार्यालय व्यवस्थापनको विषयमा छलफल हुने बताए। स्रोतकाअनुसार आइतबारकै पदाधिकारी बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारका २ जना मन्त्रीसहितका केही प्रदेशसभा सदस्यलाई स्पष्टिकरण सोध्ने तयारी गरिएको छ।

पार्टी हित विपरीत गतिविधी गरेको, गुटगत क्रियाकलापमा संलग्न भएको लगायतका विषयमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, समानुपातिक प्रदेशसभा सदस्य पूर्णा जोशी, दुर्गा बिक लगायतलाई स्पष्टिकरण सोध्ने निर्णय बैठकले गर्ने दाबी समाचार सुत्रको छ।

तर प्रदेश सचिव रावलले भने आइतबारको कार्यसूची कार्यालय व्यवस्थापन मात्र रहेको जनाएका छन्। भीम रावललाई इन्चार्जबाट हटाएर उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई जिम्मेवारी दिएपछि पहिलो पटक एमालेको पदाधिकारी बैठक बस्न लागेको हो।

एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको चर्चा चलेका बेला पदाधिकारीको बसिरहेकाले बैठकलाई चासोका साथ हेरिएको छ।

चर्चामा

सम्बन्धित समाचार