बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रणका लागि १ करोड ७८ लाख माग्यो

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रणका लागि १ करोड ७८ लाख माग्यो

  • आइतवार, चैत्र १५, २०७७
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रणका लागि १ करोड ७८ लाख माग्यो

धनगढी — सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि झण्डै २ करोड बजेट माग गरेको छ।

प्रदेशमा कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणका लागि अस्पताल र स्वास्थ्य कार्यालयहरुका लागि १ करोड ७८ लाख बजेट माग गरिएको मन्त्रालयले जनाएको छ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालयसँग अस्पतालहरुको आन्तरिक व्यवस्थापनका लागि १ करोड १९ लाख र ९ वटै स्वास्थ्य कार्यालयका लागि थप ५९ लाख बजेट माग गरिएको जानकारी दिए।

उनकाअनुसार सेती प्रादेशिक अस्पतालका लागि ५० लाख, महाकाली अस्पतालका लागि २० लाख, टीकापुर अस्पतालका लागि १० लाख, जिल्ला अस्पताल बैतडी र दार्चुलाका लागि ७/७ लाख बजेट माग गरिएको छ भने अन्य जिल्ला अस्पतालका लागि ५/५ लाखको दरले बजेट मागिएको छ।

यस्तै आइलोसेलेन व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरका लागि १०/१०, दार्चुला र बैतडीका लागि ७/७ लाख र अन्य जिल्लाका स्वास्थ्य कार्यालयका लागि ५/५ लाख बजेट माग गरिएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए। मन्त्रालयले शुक्रबार मात्र बजेट माग गरिएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार