शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • जातिय बिबेद सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

जातिय बिबेद सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • शुक्रबार, चैत्र ६, २०७७
जातिय बिबेद सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा जातिय छुवाछुत तथा समाजिक भेदभाव कसुर ऐन २०६८ को कार्यन्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित बिकाश मंच बाजुरा र गरिव उत्थान उत्र्सगका लागि मानब समाजको आयोजना तथा समता फाउण्डेशन नेपालको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामा जातिय बिबेद सामाजिक भेदभावको पछिल्लो अबस्थाका बिषयमा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको संकर चदाराले बताएका छन । जिल्लामा जातिय छुवाछुत तथा समाजिक भेदभाव कसुर ऐन २०६८ को कार्यन्वयनको अबस्था के कस्तो छ भन्ने बिषयमा छलफल गरिएको जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा यो आर्थिक बर्षमा जातिय बिबेदको एक मात्र घटना दर्ता भएको र पक्रियामा रहेको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देबेन्द्र नाथले बताएका छन । जिल्लाको पछिल्लो अबस्था हेर्ने हो भने सुधारउन्मुख भएको प्रहरी निरीक्षक नाथले बताएका छन । पछिल्लो समय जातिय बिबेध घटनाहरु नआएको भए पनि गाउँमै गुम्सीएर रहेको सरोकारवालाहरुको भनाई रहेको थियो । कतिपय घटनाहरु गाउँमै मिल्ने र गाउँबाट बाहिर नआउने भएकोले पनि तथ्याङक बाहिर नआएको हुन सक्ने सरोकारवालहरुको भनाई रहेको छ ।
दलित बिकाश मंच बाजुराका अध्यक्ष धन बहादुर बिकको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, प्रहरी निरीक्षक देबेन्द्र नाथ, दलित अगुवा र पत्रकारहरुको सहभागिता रहेको थियो । साे कार्यक्रमकाे संचालन संकर चदाराले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार