शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • प्रजिअ गैह्रेले जन्म दिनको अबसरमा पत्रकार तेजुको परिवारलाइ आर्थिक सहयोग

प्रजिअ गैह्रेले जन्म दिनको अबसरमा पत्रकार तेजुको परिवारलाइ आर्थिक सहयोग

  • आइतवार, चैत्र १, २०७७
प्रजिअ गैह्रेले जन्म दिनको अबसरमा पत्रकार तेजुको परिवारलाइ आर्थिक सहयोग

बाजुरा — बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जन्मदिनको अबसरमा पत्रकार तेजुु खडकाको परिवारलाई आर्थिक सहयोग गरेका छन् । प्रमुख जिल्ला अधिकारी गैह्रेले पत्रकार महासंघ बाजुुराका अध्यक्ष प्रकाश सिंह मार्फत तेजुुको परिवारलाई ५ हजार सहयोग गरेका छन् । जन्मदिनमा बेअर्थको खर्च गर्नु भन्दा मृतक तेजुु खड्काको परिवारलाई थोरै भएपनि सहयोग होस भनेर खर्च कटाएर सहयोग गरेको प्रजिअ गैह्रेले वताएका छन् । खडकाको बुुढिनन्दा नगरपालिका कोल्टिमा श्रीमति र १ छोरा शसि खड्का बस्ने गरेका छन् ।
पत्रकार तेजुु खड्का २०७५ भदौ ९ गते बुढिनन्दामा बेपत्ता भएका थिए । २०७६ मंसिर महिनामा २ वटा करङ, झोला र आईडी कार्ड भेटिएको थियो । भेटिएको करङ नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागि पठाइएको थियो ।प्रयोगशालाको रिपोटमा तेजु खडकाको मिल्दोजुल्दो भएको पाईएपछि उनकै भएको पुुष्टि भएको थियो ।
उनको खोजि गर्ने क्रममा १ बर्ष पछि २ वटा करङ, झोला र आइडि कार्ड भेटिएको थियो । दिपायल सिलगढी नगरपालिका १ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार ब्यबस्थापकको रुपमा काम गर्दै आएका थिए । २०७५ साल भाद्र ०९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा छाप्रे डाडाको बर माग्ने डाडाबाट सम्पर्क विहीन भएका थिए । १ बर्ष पछि पत्रकार खड्काको पर्स र लाईसेन्स जडिबुटी खोज्ने क्रममा स्थानीयले फेला पारे पछि प्रहरीलाई खवर गरेको थियो ।
खड्काको २०७५ साल भाद्र ११ गते ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुराबाट ५ जना प्रहरी र २ जना पत्रकार र एकजना निज खड्काको साला गरी ८ जानको टोली खोजीको लागी गएको थियो । २०७५ साल भाद्र १२ गते प्रहरी चौकी बिछियाबाट प्रहरीको टोली खटिएको थियो । २०७५ साल भाद्र १३ गते जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जना प्रहरी टोली र १५ जना नेपाली सेनाको टोली खोजीको लागी गएको थियो केही पत्ता नलागेपछि १५ गते फिर्ता भएको थियो । त्यसै गरी २०७५ साल भाद्र १६ गते ईप्रका बुढिनन्दाबाट प्रसनिको टोली खटिईगएको थियो । २०७५ साल कार्तिक २७ गते नेपाली सेनाको हेलिकप्टरमा खड्काका आफन्त, प्रहरी र स्थानिय गई खोजी गरेको थियोे ।

चर्चामा

सम्बन्धित समाचार