बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मान्छेले बनाएको भगवान

मान्छेले बनाएको भगवान

  • आइतवार, चैत्र १, २०७७
मान्छेले बनाएको भगवान

मैले धर्मको बारेमा भन्नु पर्दा मानव धर्म अँझ त्यो भन्दा पनि अन्याय बिरुद्धाको आवाज लाई मान्छेले गरेको धर्म ठान्दछुँ।आजको द्वौरमा न्याय पाउँन ठुलो शंघर्ष गर्नु पर्छ।
तर कसैको आस्थामा चोट पुराउँने खालको अभिब्याक्ति दिँन पनि अलि गारै हुँन्छ।कसैलाई केको केसैलाई केको आस्था हुँन्छ त्यो स्वभाबिकनै हो।मानौ सरदारले गुरुद्वौरा बनाउँछन,हिन्दुले मन्द्रिर अनि ईसाईले चर्स,मूश्लिम समुदायको मज्जिद आदी बनाएर त्यँहा पुजा पाठ गर्छन।त्यो उनिहरुको आस्था हो त्यँहा बाट पनि कयौँ मानिसले मानवताको धर्म निभाएका हुन्छन,सामाजिक काम पनि गरेका हुँन्छन।त्यो छुट्टै कुराहो यि मध्य गुरुद्वौरामा बढि धार्मिक काम गरेको पाईन्छ उनिहरुले त्यहाँ दिनौ दिन गरिबहरुको लागि भोजनको ब्यबस्था गर्छन।त्यसको लागि नजिकका गाउँलेहरुले अनाज दुध घ्यु दाल चाँवल लगायतका आबस्याक समानहरु दिएका हुन्छन।गुरुद्वौरामा सेवा गर्छन त्यँहा कुनै भेदभाव भयको हुँदैन।गुरुद्वौरामा राज वा रंक सबै बराबर मानिन्छन।त्यसो गर्ने हरुले मानव धर्मको अरुलाई पनि शिक्षा दिन्छन त्यो राम्रै हो।तर मन्दीरको नाउँमा मानिसहरुमा भेदभाव गर्ने कामलाई ठिक भन्न सकिदैन।समाजमा बिभिन्न जातका मानिसहरुले त्यो मन्दिर भित्र जान पाउँनु पर्छ।वास्तबमा
कसैलाई कुनै समस्या पय्रोभने उस्ले त्यो समस्याबाट निजात पाउँन अथवा त्यो समस्या बाट समाधान पाउने बाटो खोज्छ।त्यो बेला उ यति भयाभित भयको हुँन्छ जस्ले जुन युक्ति बताउँछ उस्ले त्यहि गर्छ।हाम्रो एउटा बच्चा सानामा रात परेपछि रोएको रोई गय्रो अनि बुढापाकाले केभनेभनी जव महिलाले बच्चा गर्भमा भएको बेला रोहेणीको घाँस काट्छन त्यसले गर्दा बच्चा रुन्छन।त्यो रोहणिलाई दुबै जनाले रातिमा गएर लाठिले हानेर आएपछि त्यो बच्चा रुन छाड्छ।हामिले उनिहरुको भनाई अनुसार रातिमा गएर रोहणिको बुटालाई ठटाएका थ्यौँ।उनिहरुको मनलाई बुझाउँन भयपनि लाठिले हानेर आयौँ तर बच्चा रुन छाडेन त्यसबाट उनिरुलाई पनि शिक्षा मिल्यो त्यो के भने जुन भ्रममा उनिहरु थिए त्यो भ्रम हट्यो।पुरानो समयमा डाक्टर थिएनन्,औषधी थिएन र त्यो मनलाई बुझाउँने एउटा श्रोत थियो।
त्यो आफुमा नभयको ज्ञानको उपजनै हो।हामिले निकास भेटाएनौ भने एक पछि आर्को गलति गर्न पुग्छौँ त्यो निकाश खोज्दा भएको आन्जानि गलती हो।नजानेर गलति गर्नु र जानेर गलती गर्नुमा धेरै फरक हुँन्छ।
भर्खरै महा शिबरात्रीको पर्व गयो त्यो पर्वमा कयौँ बाबाहरु लाई नाङ्गै भाँग सुल्फा पिएको अबस्थामा फोटाहरु अपलोड गरियो।सामाजिक सञ्जाल सोसिल नेटवर्कमा ब्यापक यस्ता फोटाहरु अपलोड भयको देख्दा स-साना बालबालिका लाई कस्तो असर परेको होला त्यो पनि एकप्रकारको बिक्रितिनै हो।
धर्मको परिभाषा के त्यही हो त?भाङ्ग पिउँने गाँजा धतुरा खाने नाङ्गै हिँड्ने यो कस्तो धर्म हो?यस्तो धर्मले हाम्रो समाजलाई कुन दिशा तिर डोराउँनेछ यो प्रमुख बिषय हो।
समाज भित्र हामि बिभिन्न जात भाषाका मानिहरुछौँ सबै मानिसहरुका घरमा परिवार छोरा छोरी आमा बाबा भाई बैनी आदी हुँन्छन।कल्पना गरौँ हामि पुरै फैमलि छोरा छोरी आमा बसेको बेला भिच्या माग्न नागा जस्ले कुनै लुगा लगाउँदैन त्यही नाङ्गै आई दियो भने हामिलाई कस्तो होला?के हामिलाई कत्ति पनि लाज लागौन?वा हाम्रा चेलीबेटी त्यही बसिरहनन?वास्तबमा उनिहरु स्रमले उठेर हिँड्छन वा हामिनै त्यँहा बस्न सक्दैनौँ।
आजको समाज विज्ञानिक प्रकारको हो।संसारमा टेक्नोलोजिले थुप्रो ठाउँ ओगटेकोछ।मानिशहरुले चन्द्रमामा भबिश्य देखेकाछन प्लाटिंग गर्ने होडछ।चन्द्रमामा जिवन र जगतका कयौ उपायाहरु खोज्दैछन।हामिले भने जातिय छुवा छुत बाट हाम्रो समाजलाई मुक्त गर्न सकेका छैनौँ।
शिव लिङ्गमा घोप्टाएको दुध भन्दा कुपोषणका सिकार ति गरिब बच्चाहरुलाई दिएको दुधले धर्म गर्छ मेरो बिचारमा,कुनै गरिबलाई भिख दिनुको सट्टा उस्लाई रोजगारी दियौँ भने धर्म लाग्छ।छोरा छोरीहरु लाई पनि पैसाको साटो शिक्षा दियौँ भने उस्ले आफ्नो भबिश्यमा दुःख झेल्नु पर्दैन त्यो पनि धर्मनै हो।
मान्छेले मान्छेलाई सहि बाटो देखाउँनु पनि सबैभन्दा ठुलो धर्महो।धर्मको नाउँमा ढुङ्गो पुज्ने र त्यस्ता बाबाहरुको पुजागर्ने वा दुध घोप्टाउँने पुशुको बलिचढाउँने गरेर धर्म हुँदैन।
हामिले आफ्नो देशमा हिँन्दु धर्मको वकालत किन गर्छौ?हामिलाई त्यसको भित्रेसार केहो त्यो थाहानै छैन त्यसकारणले हाम्रो बिचारमा हिन्दु धर्म नमान्नु आफैमा मुश्लिम धर्म अगाल्नु हुन्छ भन्ने गलत बिचारले घर जमाएकोछ।यो काम गर्नेहरु नेपाललाई हिन्दुस्थान बनाउँन खोज्नेहरु हुनसक्छन।हाम्रो देशमा बुद्ध धर्म मान्नेहरुको संख्यापनि अत्याधिक मात्रामा छ।त्यसैले सबै धर्मको सम्मान मा देशभित्र धर्मनिरपक्षा लाई बैधानिक रुपमा अप्नाईएकोछ।
के मान्छे लाई भगवानले नै बनाएका हुँन त?यो चराचर जगतमा मानिसको उत्तपति पछि बल्ल लिपिहरु बने अक्षेरहरुको निर्माण भयो।त्यसपछि कथा कविता साहित्यिक रचना गरियो।मानिसलेनै भगवानका काल्पनिक मुर्तिहरु तरासे मान्छेले नै मन्दिर,गुरुद्वौरा, गुम्बा,चर्च,मज्दि आदिलाई निर्माण गरे।हामिले कुल कुलानि लाई सम्झिनु उन्को सर्द्धा गर्नु त्यो एउटा बिषयहो तर कुल कुलानिको नाउमा बलिचढाउँनु,देवाली गरेर देवी देवतालाई खुसि पार्न खोज्नु लाई सहि भन्न सकिदैन।परमपरानै मान्नेहो भनेता सति प्रथालाई पनि मानि राख्नु पय्रो,वा फेरी राम्रा कामलाई अगाल्ने खराब लाई समाज बाट पखाल्दै जानु पय्रो।बोक्सि प्रथा,छाउपिडि प्रथा त्यो सबै कुरिति भित्र पर्छन तिनलाई फाल्न सक्नु पय्रो।
बलि पर्था खराब नै हो भनेपछि पनि त्यो अप्नाई राख्नु भनेको गलत बिचार हो।त्यस्तै मन्दिरमा सबै मानिसहरु जान पाउँने बिचार ठिक हो।तर कसैले मन्दिर जान मान्दैन र उस्लाई आस्ता छैन भनेपनि त्यो उस्को अधिकार भित्रको कुराहो।मैले सानै देखि जनै हालिन तर कसैको जनैलाई चु्डाल्दिएको छैन।मैले जनै नहाल्नु त्यो मेरो अधिकार भित्रको कुरा हो तर कसैले जनै लगाउँछ भने पनि त्यो उस्को अधिकार भित्रको कुरानैहो भनेर मैले बुझेको छुँ।
अँस्ति एउटा बाबाको बारेमा लेकेको एउटा मुक्तकले केही महिलाहरु लाई थुप्रो रिस उठ्न पुगेछ म माथि।खास गरेर महिलाहरु लाई यस्ता खाल्का धर्मले एउटाझनै क्रुप पारेको उनिहरुको अधिकार कुन्ठित पारेको छ तर उन्लाई त्यसबारेमा कुनै सरोकार छैन।उनिहरुका पनि छोरीहरु छन भोलि आमा पछि छोरीहरु त्यहि रुढिवादी बिचार द्वारा कुण्ठित हुनेछन।के त्यो उनिहरुको लागि धर्म ओला त?बरु पापनै हुन सक्छ।स्वर्ग नर्क भनेको यहि धर्तिमाछ हामिले राम्रो काम गय्रो भने यो धर्ति स्वर्ग हुँन्छ नराम्रो काम गय्रो भने नर्क हुँन्छ भन्ने कुरा बुझेर ब्यबहार गर्नु पर्छ।
धर्म यस्तो हौश जस्ले समाजलाई अग्रगामि बाटोमा डोराउँन शक्षेम हौश यस्तो भद्रगोल अबस्थामा समाज कस्तो होला?हामिले अनुमान गरौँ।

चर्चामा

सम्बन्धित समाचार