बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्र बाजुराको कार्यालय स्थापना

माओवादी केन्द्र बाजुराको कार्यालय स्थापना

  • बिहिबार, फाल्गुन २७, २०७७
माओवादी केन्द्र बाजुराको कार्यालय स्थापना

बाजुरा -सवोच्च अदालतले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई पुरानै अवस्थामा फर्किने गरेपछि नेपाल कम्युनिष्ट पाटी माओवादीका केन्द्र देखि जिल्लामा पाटी कार्यालय स्थापना गर्न थालिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरण भएको तीन वर्षपछि पुन पुरानै पाटीमा फर्किने गरी गरेको अदादतको पछि नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र बाजुराले बिहीबार महाशिवरात्रीका दिनमा पाटी कार्यालय स्थापना गरेको माओवादी केन्द्रका उपाध्यक्ष महेश शाहीले बताएका छन् ।
अदातलको निर्णयलाई मान्दै केन्द्री सर्कुलर अनुसार बिहीबार बडीमालिका नगरपालिका–९ स्थित जिल्ला प्रहरी कार्यालय जाने बाटो नजिकै पाटी कार्यालय स्थापना गरेको पाटी कार्यालय सचिव गोरख सार्कीले बताएका छन् ।
पाटीका जिल्ला उपाध्यक्ष महेश शाहीको नेतृत्वको कार्यालय स्थापना गरेको सार्कीले  बताए । पाटी कार्यालय स्थापना गर्न क्रममा पाटी उपाध्यक्ष महेश शाही,कोषाध्यक्ष विनिता वि क, पाटीका नेता मानबहादुर विश्वकर्मा,अमर वि क,चन्द्र थापा लगायत कार्यकर्ताहरुको सभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार