बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • आज अन्तराष्ट्रिय महिला दिवस, बाजुरामा पनि मनाइदै

आज अन्तराष्ट्रिय महिला दिवस, बाजुरामा पनि मनाइदै

  • सोमवार, फाल्गुन २४, २०७७
आज अन्तराष्ट्रिय महिला दिवस, बाजुरामा पनि मनाइदै

बाजुरा–आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस, हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ। बाजुरामा पनि बिभिन्न कार्यक्रम मनाइने भएकाे छ । बाजुराकाे बडिमालिका लगायत सबै स्थानिय तहले याे कार्यक्रम गर्ने भएकाे छ ।

नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विविध कार्यक्रम गरेर मनाउने गरिएको छ। यस पटकको महिला दिवसको नारा ‘महिला नेतृत्व : कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ।

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा महिलाहरुको सक्रिय सहभागीता र नेतृत्वको प्रशंसा गरिन्छ। समाजमा सुरक्षित भविष्य र समानताको लागि विभिन्न अभियानहरु चलिरहेका छन्।

तैपनी नेपाली समाजमा महिलाहरुले यथोचित स्थान हाँसिल गर्न पाएका छैनन्। अझैपनि घरेलु वा पारिवारिक हिंसामा महिलाहरुमाथि दमन, विभेद र अत्याचार भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार