शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • जिल्लामा महिला तथा बालवालिका कार्यलय स्थापना हुनुपर्ने माग राख्दै ज्ञापन पत्र

जिल्लामा महिला तथा बालवालिका कार्यलय स्थापना हुनुपर्ने माग राख्दै ज्ञापन पत्र

  • बुधबार, फाल्गुन १९, २०७७
जिल्लामा महिला तथा बालवालिका कार्यलय स्थापना हुनुपर्ने माग राख्दै ज्ञापन पत्र

बाजुरा–संघिय संरचना अनुुसार जिल्लामा महिला तथा बालवालिका कार्यलय स्थापना हुुुनुुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यलय मार्फत ज्ञापन पत्र बुुझाएका छन् । संघिय संरचना अनुसार सबै कार्यलय स्थापना भएको भएपनि महिला तथा बालवालिका कार्यलय स्थापना हुुनुुपर्ने माग राख्दै ज्ञापन पत्र बुुझाएको बडिमालिका नगरपालिकामा कार्यरत साहयक महिला विकास निरिक्षक शोभा शाहिले वताएकि छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।
प्रमुुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति, प्रधानमन्त्रिको कार्यलय, मन्त्रि परिषदको कार्यलय, महिला तथा सामाजिक समिति प्रतिनिधि सभा, राष्ट्रिय महिला आयोग र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा ज्ञापन पत्र बुुझाएको शाहिले बडिमालिका खबरलाई वताएकि छन् । जिल्लामा महिला हिंशाका घटना बढदै गएको छ, त्यसको न्युुनिकरणका लागि महिला तथा बालवालिका कार्यलयको महत्वपुणर् भुमिका रहेकोले कार्यलय स्थापना हुुनुुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा जिल्लामा महिला हिशां बढिरहेको देखाएको थियो । महिला तथा बालवालिका कार्यलय हुँुदा जिल्लामा महिला हिशांका घटना न्युुनिकरणमा महत्वपुुणर् हुुने गरेको थियो, अहिले त्यसलाई न्युनिकरण गर्नमा स्थानिय तहले चासो नदेखाएको यसमा ध्यान जान जरुरी रहेको महिला विकास निरिक्षक केशरी रोकायाले वताएकि छन् । ज्ञापन पत्रमा केशरी रोकाया, बिन्दुु बडाल, शोभा शाहि, ललिता दानी, गंगा थापा, सिता बिकले हस्ताक्षर गरेकि थिईन् । पिडित महिलाले घटना हुुने बितिकै आफै जिल्ला प्रहरी कार्यलय जानुपर्ने तथा केहीको पहुचनै नभएकाले हिशाका घटनाहरु लुकाउदै आएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार