बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • सिमान्तकृत महिलाहरुसंग संवाद कार्यक्रम सञ्चालन

सिमान्तकृत महिलाहरुसंग संवाद कार्यक्रम सञ्चालन

  • बुधबार, फाल्गुन १९, २०७७
सिमान्तकृत महिलाहरुसंग संवाद कार्यक्रम सञ्चालन

बाजुरा — महिला विकास मञ्च बाजुराले सिमान्तकृत महिलाहरु र स्थानिय सरकारविच संवाद कार्यक्रम सञ्चालन गरेको छ । समाजमा बहिस्करणमा परेका महिलाहरुको आवाज तथा सहभागिताको लागि संवाद कार्यक्रम संचालन गरिएको हो । आगामी बजेटमा सिमान्तकृत महिलाहरुलाई स्वरोजगार बनाउने योजना तर्जुमा गरी बजेट बिनियोजन गर्न संवाद कार्यक्रमको आयोजना गरिएको महिला विकास मञ्च बाजुराका कार्यकारी निर्देशक उजा विष्टले बताएकी छन् ।
महिला विकास मञ्च बाजुरा आयोजना तथा टेवा नेपालको सहजीकरणमा आयोजना गरिएको कार्यक्रममा सहभागि बडिमालिका नगरपालिका १ रिमा विकले एकल महिलाहरुको आर्यआर्जनमा टेवा पुग्ने खालका योजना छनोट गर्न आग्रह गरेकी छन् । कार्यक्रमका अर्का सहभागि बडिमालिका नगरपालिका २ जुगाडाका सारदा खत्रीले महिलाहरुका लागि स्थानिय सरकारले छोराछोरीको लालनपालन र पढाईकोे लागि एकल महिलाहलाई व्यवसायीक तालिमको आवश्यकता औल्याएकी छन् । खत्रीले सिमान्तकृत महिलाहरुको लागि राज्यले छुट्टै बजेटको व्यवस्था गर्न स्थानिय सरकारसंग आग्रह गरेकी छन् ।
बडिमालिका नगरपालिका ९ शान्ति ध्वजालीले उपभोक्ता समितिले निर्माण गर्ने योजनाहरुमा सिमान्तकृत महिलाहरुलाई सहभागि नगराईएको प्रति कडा आपत्ति जनाएकी छन् । उनले बाउली खोलामा निर्माण भईरहेको तटबन्ध निर्माणमा महिलालाई सहभागि नगराएको भन्दै एकल महिलाले पुरुष कहाँबाट ल्याउने ? भन्दै स्थानिय सरकारलाई प्रश्न गरेकी छन् ।
ओमन काईन्डको सहयोगमा सञ्चालन भएको कार्यक्रममा बडिमालिका नगरपालिका एकका वडाअध्यक्ष रामबहादुर कार्कीले सिमान्तकृत महिलाहरुको समस्या वडामा आए संवोधन गरिने बताएका छन् । उनले सिमान्तकृत महिलाहरुले योजना नै वडासम्म नपुर्याएको बताए । २ का वडा अध्यक्ष डम्मर महतले पनि महिलाहरुकै लागि यति बजेट छ भनेर नतोकिएको भएपनि माग र आवश्यकतामा आधारिक योजना आए संवोधन गर्न आफू तयार रहेको बताएका छन् ।
६ का वडा अध्यक्ष कला बडुवालले तालिमबाट सिकेका सिपको सदुपयोग नभएको भन्दै सामुहिक रुपमा आवश्यकताको आधारमा प्रस्ताव आए सिफारिस गर्न तयार भएको बताएकी छन् । उनले सिमान्तकृत महिलाहरुको अवस्था दयनिय नै रहेको भन्दै अरुको भन्दा छिटो छरितो ढंगबाट काम गर्न आफु तत्पर रहेको बताईन् ।
नगरपालिकाका उपप्रमुख कविता विष्टले संमग्र महिलाको उत्थानका लागि महिलासंग उपप्रमुख कार्यक्रम सञ्चालन गरिएको भन्दै आफ्ना समस्या, गुनासा र आवश्यकता वडामा ल्याउन आग्रह गरेकी छन् । उपप्रमुख विष्टकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा १ का वडा अध्यक्ष रामबहादुर कार्की, २ वडा अध्यक्ष डम्मर महत, ६ का वडाअध्यक्ष कला बडुवाल र ९ का वडा सदस्य लालचन्द्र नेपाली, नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रंगमल विक लगायत महिलाहरुको सहभागिता रहेको थियो । नगरपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रममा महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्ट विष्टले कार्यक्रमका बारेमा जानकारी गराएकी हुन भने सञ्चालन परियोजना अधिकृत कृष्णा दानीले गरेकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार