शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • घाइते पत्रकार दयाराम पण्डितलाई थप उपचारका लागि नेपालगञ्ज लगियो

घाइते पत्रकार दयाराम पण्डितलाई थप उपचारका लागि नेपालगञ्ज लगियो

  • मङ्लबार, फाल्गुन १८, २०७७
घाइते पत्रकार दयाराम पण्डितलाई थप उपचारका लागि नेपालगञ्ज लगियो

बाजुरा–नेपाल पत्रकार महासंघ बाजुरा संस्थापक अध्यक्ष तथा पत्रकार दयाराम पण्डितलाइ थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । उनलाइ सोमबार राति कोल्टि पुयाएको थियो । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पछि थप उपचारका लागि मंगलवार जहाज मार्फत नेपालगञ्ज लगिएको प्रेस युनियनका सचिव तथा पत्रकार प्रशान्तराज जोशीले वताएका छन् ।
बाजुरा जिल्लाको उत्तरी भेगमा पनेए हिमाली गाउँपालिका-१ विच्छ्यामा लडेर घाइते भएका पत्रकारको प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडामार्फत उद्धार गरी कोल्टीमा ल्याइएको थियो । समाचार सङ्कलनका लागि एक सातादेखि उक्त गाउँपालिकामा रहेका थिए । रेडियो नेपाल र नेपाल समाचारपत्रमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पण्डित आइतबार सोही गाउँपालिकाको घट्टेबगर खोलामा काठको पुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएका थिए ।
पण्डितलाई विच्छ्या स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घोडामार्फत हुम्ला जिल्लाको ताक्लाकोट पुुयाएको थियो । त्यहाँ बाट हिमाली गाउँपालिकाको गाडीमार्फत कोल्टी ल्याइएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए । पण्डितको टाउको हात खुट्टामा गम्भिर चोट लागेको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले भने उनको डिजिटल एक्सरे गर्नुपर्ने भएकाले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको वताए ।
पत्रकार पण्डितलाई गाउँपालिकाका अध्यक्षको पहलमा गाउँका स्थानीयवासीको घोडामा सो ठाउँ पुर्‍याएपछि सडकको पहुँच भएको ठाउँमा गाउँपालिकाको गाडीमा कोल्टी ल्याइएको गाँउपालिका अध्यक्ष मल्लले बताए । पण्डित बिगत दुुई दशक देखी बाजुरामा पत्रकारीता गर्दै आइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार