बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार दयाराम पण्डितलाइ उपचारका लागि नेपालगञ्ज लगिदै

पत्रकार दयाराम पण्डितलाइ उपचारका लागि नेपालगञ्ज लगिदै

  • मङ्लबार, फाल्गुन १८, २०७७
पत्रकार दयाराम पण्डितलाइ उपचारका लागि नेपालगञ्ज लगिदै

बाजुरा– नेपाल पत्रकार महासंघ बाजुरा संस्थापक अध्यक्ष तथा पत्रकार दयाराम पण्डितलाइ थप उपचारका लागि नेपालगञ्ज लगिने भएकाे छ । उनलाइ साेमबार राति काेल्टि पुयाएकाे थियाे, अहिले जहाज मार्फत नेपालगञ्ज लगिने प्रेस युनियनका सचिव तथा पत्रकार प्रशान्तराज जोशीले जानकारी दिए। बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिका–१ विच्छ्यामा लडेर घाइते भएका पत्रकारको प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडामार्फत उद्धार गरी कोल्टीमा ल्याइएको थियाे ।

समाचार सङ्कलनका लागि एक सातादेखि उक्त गाउँपालिकामा पुगेका रेडियो नेपाल र नेपाल समाचारपत्रमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित आइतबार सोही गाउँपालिकाको घट्टेबगर खोलामा काठको पुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएका हुन्।

विच्छ्या स्वास्थ्य चौकीमा सामान्य उपचारपछि आज नै पण्डितको घोडामार्फत उद्धार गरिएको हो। घोडामा चढाएर पण्डितलाई हुम्ला जिल्लाको ताक्लाकोटबाट हिमाली गाउँपालिकाको गाडीमार्फत कोल्टी ल्याइएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए। पण्डितकाे टाउकाे हात खुट्टामा गम्भिर चाेट लागेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार