शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • समाचारका लागि फोटो खिच्ने क्रममा लडेर पत्रकार पण्डित घाइते, उद्धार गर्न महासघकाे अपिल

समाचारका लागि फोटो खिच्ने क्रममा लडेर पत्रकार पण्डित घाइते, उद्धार गर्न महासघकाे अपिल

  • सोमवार, फाल्गुन १७, २०७७
समाचारका लागि फोटो खिच्ने क्रममा लडेर पत्रकार पण्डित घाइते, उद्धार गर्न महासघकाे अपिल

बाजुरा — नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ बाजुरा बझांग शाखाका संस्थापक सभापति एवं रेडियो नेपाल र नेपाल समाचारपत्रमा कार्यरत पत्रकार दयाराम पण्डित समाचारका लागि फोटो खिच्ने क्रममा लडेर घाइते भएका  छन् ।
जानकारी अनुसार हिमाली गाउँपालिका–१ विच्छ्यामा रहेको घट्टेबगर खोलामा रहेको काठेपुलको फोटो खिच्ने क्रममा चिप्लिएर करिव २० मिटर तल खसेर घाइते भएका छन् ।
फोटो खिच्ने क्रममा लडेर घाइते भएका पण्डितको टाउको र शरिरका अन्य भागमा चोट लागेको विच्छ्या स्वास्थ्य चौकीले जनाएको छ । घाइते भएका पण्डितको विच्छ्या स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि बोकेर कोल्टी ल्याउन थालिएको छ । उनकाे उद्धारका लागि पहल भइरहेकाे नेपाल पत्रकार महासघ बाजुराले जनाएकाे छ । दुर्गम भएकाेले ल्याउन अलि कठिन भएकाेले त्यसकाे बिकल्पककाे लागि पनि पहल गरिदैछ नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष प्रकाश सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार