शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • अवैध रूपमा जडिबुटी बोकेको मिनीट्रक प्रहरी नियन्त्रणमा

अवैध रूपमा जडिबुटी बोकेको मिनीट्रक प्रहरी नियन्त्रणमा

  • शनिबार, फाल्गुन १५, २०७७
अवैध रूपमा जडिबुटी बोकेको मिनीट्रक प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जडीबुटी लिएर कोहलपुर जाँदै गरेको एउटा मिनीट्रक नियन्त्रणमा लिएको छ ।
जडिबुटी निकासी अनुमतिभन्दा धेरै र रुट परमिट भन्दा अलग बाटोबाट जडीबुटी ओसार–पोसार गरेको भन्दै प्रहरीले वीरेन्द्रनगरको सुब्बा कुनाबाट भे १ ख ३०१० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रकमा पाँच टन बराबरको जडीबुटी रहेको प्रहरीले जनाएको छ । जडीबुटी जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ पातिकान्लाका जयबहादुर कार्कीले बाँकेको कोहलपुर नगरपालिका–१० मन्नापुरको एसपी हर्बल प्रालिलाई विक्री गर्नका लागि पठाईएको हो । गाडीले रुट परमिट विपरीत जडिबुटी ओसार–पोसार गरेकाले पनि प्रहरीले शंकाको आधारमा नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त, गाडीलाई जाजरकोट–सल्यान सुर्खेत छिन्चु हुँदै कोहलपुर नेपालगञ्ज सम्मका लागि रुट परमिट दिइएको छ । यद्यपी, गाडीले रुट परमिट विपरित जाजरकोटदेखि, दैलेखको रानिमत्ता–सुर्खेत वीरेन्द्रनगर हुँदै सुब्बा कुनाबाट कोहलपुर जान लागेको हो । रुट परमिट मिचेर फरक बाटोबाट जडीबुटी ओसार–पोसार गरेको हुनाले पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार