बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा बोनम्यारो क्यान्सर पिडित लाल शाह काठमाडौमा अलपत्र

आर्थिक अभाबमा बोनम्यारो क्यान्सर पिडित लाल शाह काठमाडौमा अलपत्र

  • शुक्रबार, फाल्गुन १४, २०७७
आर्थिक अभाबमा बोनम्यारो क्यान्सर पिडित लाल शाह काठमाडौमा अलपत्र

अछाम — पैशा नभएपछि बोनम्यारो क्यान्सर बाट ग्रसित बनेका लाल बहादुर शाह काठमाडौमा अलपत्र रहेका छन् । अछामको चौरपाटि गाँउपालिका १ सिउडी बस्ने २७ बर्षिय लाल अहिले काठमाडौ पैसा नहुुदा उपचार गर्न नसकेर जिवनमरणको दोसाधमा रहेको आफन्त शान्ति शाहिले वताएकि छन् ।
बोनम्यारो क्यान्सर बाट पिडित लाल बहादुरले भारतको दिल्लीमा उपचारका शुुरु गरेको थियो । त्यहाँ आर्थिक अभाबले उपचार गर्न नसकेपछि काठमाडौमा उपचारका लागि आएका थिए । काठमाडौको सिभिल अस्पतालमा उपचार गराइरहेका उनको बोनम्यारो क्यान्सर भइसकेकाले बोनम्यारो प्रत्यारोपाण गर्नुपर्ने चिकित्सकले वताएका छन् । २० लाख भन्दा बढि खर्च गर्नुुुपर्ने चिकित्सकले वताएको भएपनि लाल बहादुर सँग दैनिक छाक टार्न समेत समस्या भएको उनले वताएका छन् ।
आफन्तलाई मागेर जेनतेन चलेको छ, अस्पतालमा उपचार गर्न त टाढाको बिषय रहेको उनले वताएका छन् । लाल बहादुरका आफन्त शान्तिले भनिन्, आर्थिक अबस्था निकै कमजोर रहेकाले उनको उपचार गर्नमा निकै समस्या भएको वताईन् । केही बर्ष पहिला लाल बहादुरका दाई पनि बे्रन टुुयुुमर बाट ग्रस्त भएर मृत्यु भएको थियो । भएको सम्पत्ति दाजुुको उपचार खर्च गरे नत दाजुु बाँचे न त सम्पत्ति रहेको लालले वताए । घरमा रहेको अभिभाबक आफै हुु, अहिले आफै बिरामी हुुदा आफु मात्र नभइ परिवार समेत अलपत्र रहेको वताए ।
दैनिक अस्पताल जानुुपर्छ औषधि खानुुपर्छ कोठा भाडा तिर्न पनि नसकेको उनले वताए । कुुनै दिन त खाना खाना पैसा नभएर भोकै बस्नुपरेको उनले वताए । लाल बहादुर अहिले सम्म उपचारमा ८ लाख बढि खर्च भइसकेको छ । रिन काढेर धेरै पैसा खर्च गरिसके, अहिले कतै रिन समेत नपाँउने गरेको वताए । स्थानिय सरकार देखी सबै तिर सहयोगका लागि हारगुुहार गरेको छुु, थोरै सहयोग गरेको भएपनि उपचार गर्न भने निकै समस्या भएको लाल बहादुरले रुदै वताएका छन् ।
चौरपाटि गाँउपालिका अध्यक्ष हर्क साउदले भने उनको उपचारका लागि धेरै ठाँउमा पहल गरेका छौ, आर्थिक स्रोत जुुटाउन निकै समस्या भएको वताएका छन् । लाल बहादुर उपचार गर्ने पैसा अभाबमा काठमाडौमा मृत्युु कुुरिरहेको साउदले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार