मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कोल्टीमा परिवार नियोजन बन्ध्याकरण शिबर संचालन

कोल्टीमा परिवार नियोजन बन्ध्याकरण शिबर संचालन

  • बिहिबार, फाल्गुन १३, २०७७
कोल्टीमा परिवार नियोजन बन्ध्याकरण शिबर संचालन

बाजुरा — बाजुरा जिल्लाको कोल्टी क्षेत्रलाई मध्यनजर गरि ३ दिने परिवार नियोजन बन्ध्याकरण शिबिर संचालन गरिएको छ । बाजुराको बिकट र दुुर्गम क्षेत्रको रुपमा रहेका हिमाली गाउँपालिका जगन्नाथ गाउँपालिका,स्वामीकार्तिक खापर गाँउपालिका र बुढिनन्दा नगरपालिकाका जनताको सेवाका लागि कोल्टी प्राथमिक केन्द्रकमा शिबिरको आयोजना गरिएको हो ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजना र बुढिनन्दा नगरपालिकाको समन्वयमा सो शिबिर संचालन गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । १२ गते देखी संचालन भएको सो शिबिरमा कोल्टी क्षेत्रका धेरै जनाले सेवा लिइसकेको र १४ गते सम्म संचालन गरिने सो शिबिरमा कम्तीमा २ सय भन्दा बढि महिला र पुुरुषहरुले सेवा लिन सक्ने बुढिनन्दा नगरपालिका स्वास्थ्य उप संयोजक ओमजगं शाहीले बताएका छन ।
सुनौलो परिवार नेपालको आर्थिक सहयोगमा संचालित सो शिबिरमा त्यस क्षेत्रका धेरै भन्दा धेरैलाई सेवा दिन प्रत्यन्न रहने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार