शनिबार, चैत्र १७, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रचण्ड–माधब समुुह प्रेस संगठन बाजुराको संयोजकमा लक्ष्मिराज पाध्याय

प्रचण्ड–माधब समुुह प्रेस संगठन बाजुराको संयोजकमा लक्ष्मिराज पाध्याय

  • बुधबार, फाल्गुन १२, २०७७
प्रचण्ड–माधब समुुह प्रेस संगठन बाजुराको संयोजकमा लक्ष्मिराज पाध्याय

बाजुरा– प्रचण्ड–माधब समुुहको प्रेस संगठन बाजुराको संयोजक लक्ष्मिराज पाध्याय चयन भएका छन् । प्रचण्ड–माधब समुुहको प्रेस संगठन शुदुुरपश्चिम प्रदेश कमिटिले लक्ष्मिराज पाध्यायको संयोजक रहने गरि ९ जनाको जिल्ला कार्य समिति गठन गरेको सो समुुहका शुुदुरपश्चिम संयोजक नबराज भण्डारीले वताएका छन् ।
पाध्याय बडिमालिका खबरका अनलाइन सम्पादक र एभिन्युु टिभिमा बाजुरा सम्बाददाताका रुपमा कार्यरत रहेका छन् । एक दशक देखी बाजुरामा रहेर पत्रकारीता गर्दै आएका छन् । प्रचण्ड–माधब समुुहको प्रेस संगठन शुदुुरपश्चिम प्रदेश कमिटिका संयोजक नबराज भण्डारी, सहसंयोजक निमेन्द्र शाहि लगायतको सहभागितामा स्वामिकार्तिक गाँउपालिकाको हलमा भएको भेलाले पाध्यायलाई सर्वसहमत संयोजक चयन गरेको छ । केपी ओली समुुहले नन्दा थापाको संयोजकत्वमा यो भन्दा पहिलानै गठन गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार