शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रचण्ड–माधव पक्षले संसद पुन:स्थापनाको बाजुरामा खुसीयालीका जुलुस

प्रचण्ड–माधव पक्षले संसद पुन:स्थापनाको बाजुरामा खुसीयालीका जुलुस

  • बुधबार, फाल्गुन १२, २०७७
प्रचण्ड–माधव पक्षले संसद पुन:स्थापनाको बाजुरामा खुसीयालीका जुलुस

बाजुरा- प्रचण्ड–माधव पक्षले संसद पुन:स्थापनाको बाजुरामा खुसीयालीका जुलुस निकालेका छन् । बुधबार जिल्ला सदरमुकाम मार्तडीमा बजार परिक्रमा सहित विजयी जुलुस निकालेको छ । सदरमुकाम मार्तडीको हाटबजार देखि खुला मंञ्च हुँदै पुरैै बजार परिक्रम गरि त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको थियाे ।
सर्वोच्च अदालतले मंगलबा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएपछि संसद पुनःस्थापनाको पक्षमा निरन्तर आन्दोलन गर्दै आएको प्रचण्ड माधव समुहले बुधबार देशभर विजय जुलुस निकाल्ने निर्णय अनुसारा नेकपा माधव प्रचण्ड समुह बाजुराले पनि विजय जुलुस निकालेको जिल्ला उक्त समुहका अध्यक्ष गगन रावलले बताएका छन् ।
उक्त विजय जुलुस कार्यक्रममा माधव प्रचण्ड समुह बाजुराका अध्यक्ष गगन रावल, प्रदेश कमिटि सदस्य कमलकुमारी शाह,  महेश शाही, जिल्ला कमिटीका सदस्यहरु दलित अधिकारकर्मी ,गोरख सार्की, काँसी नेपाली,किट्टो ल्वार, जानकी रोकाया लगायत माधव प्रचण्ड समुहका नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार