शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडी–कोल्टीको जीपकाे ५ सय भाडादर कायम

मार्तडी–कोल्टीको जीपकाे ५ सय भाडादर कायम

  • सोमवार, फाल्गुन १०, २०७७
मार्तडी–कोल्टीको जीपकाे ५ सय भाडादर कायम

बाजुरा — मार्तडी–कोल्टीको जीपकाे ५ सय भाडादर कायम भएकाे छ । बाजुरा जिल्लाका ग्रामिण र राजमार्गमा चल्ने यातायताका साधानहरूकाे नयाँ भाडादर कायम गरिए अनुसार मार्तडी–कोल्टीको भाडा ५ सय कायम गरेकाे छ । साेमबार जिल्ला प्रहरी कार्यालय बाजुराकाे हलमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेका अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे ।  जिल्लाको मार्तडी–कोल्टी सडकमा संचालन हुने जीप व्यवसायीले मनोमानी रुपमा भाडा लिएको चौतर्फी गुनासो आएपछि जीप व्यवसायीसंगको सर्व पक्षीय छलफल पछि ५ सय भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले  बताएका छन् ।
जीप व्यवसायीहरुले मनोमानी भाडा असुल्ने र यात्रुहरु क्षमता भन्दा बढी लिने गरेकाले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी– कोल्टी सडकमा संचालन हुने जीपहरुको भाडा कायम गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
साेमबार बसेकाे बैठकले मार्तडीदेखि कोल्टीको प्रति किलोमिटर एघार रुपैयाका दरले ४७३ रुपैया भाडादर बैठकबाट कायम गरिएको बताएका छन ।या भाडादर कायम गरेपछि असन्तुष्टी जनाएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार