बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आज मौसम सफा रहने, भोलि वर्षाको सम्भावना

आज मौसम सफा रहने, भोलि वर्षाको सम्भावना

  • सोमवार, फाल्गुन १०, २०७७
आज मौसम सफा रहने, भोलि वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार हाल देशका केही पहाडी भूभागमा आंशिक बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी महाशाखाले आज दिउँसो र राति मौसममा सामान्य र आंशिक बदली भइ अन्य भागमा मौसम सफा रहने जनाएको छ । आज दिउँसो प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, आज राति प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलि मंगलबार दिउँसो देशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ

त्यसैगरी, मंगलबार राति देशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार