शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • जन प्रशासन क्याम्पस काठमाण्डौँमा बाजुराकाे तिर्थस्थल बडिमालिका र बुढिनन्दाकाे मुर्ती स्थापना

जन प्रशासन क्याम्पस काठमाण्डौँमा बाजुराकाे तिर्थस्थल बडिमालिका र बुढिनन्दाकाे मुर्ती स्थापना

  • मङ्लबार, फाल्गुन ४, २०७७
जन प्रशासन क्याम्पस काठमाण्डौँमा बाजुराकाे तिर्थस्थल बडिमालिका र बुढिनन्दाकाे मुर्ती स्थापना

बाजुरा — जन प्रशासन क्याम्पस काठमाण्डौँको प्रङ्गणमा बाजुराको धार्मीक तथा पर्यटकिय तिर्थस्थल बडिमालिका र बुढिनन्दाको सम्झनामा सरस्वतीको मुर्ती स्थापना गरिएको छ ।

बाजुरा जिल्लाको पवित्र धार्मिक तिर्थस्थल बडिमालिका र बुढिनन्दाको सम्झनामा जन प्रशासन क्याम्पसमा अध्ययनरत विद्यार्थी, नेकपा सुदुरपश्चिम सम्पर्क कमिटी सदस्य, नेकपा बाजुरा काठमाडौं सम्पर्क मञ्च सचिव तथा अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य धर्मराज तिमिल्सीना ज्यू द्वारा व्यक्तिगत लगानीमा विद्याकि देवि सरस्वतीको मूर्ति स्थापना गरिएको हो ।
करिब २ लाख लगानीमा जन प्रशासन क्याम्पस प्राङ्गणमा ४ फिट अग्लो मूर्ति राख्ने ठाँऊ बनाई ३ फिट अग्लो मूर्ति स्थापना गरिएको धर्मराज पाध्यायले बताएका छन । बाजुराको पर्यटन तथा धार्मीक क्षेत्र बुढिनन्दा र बडिमालिकाको बिकाशका लागि केही गर्न सकिन्छ भन्ने उदेश्यका साथ क्याम्पसमा तिमिल्सीनाको अभियानमा सो मुर्ती निर्माण गरिएको उनले बताएका छन । देशभरी बडिमालिका र बुढिनन्दा लाई चिनाउनका लागि सो अभियान थालिएको उनले बताएका छन ।
तिमिल्सीनाले यस भन्दा पहिला देखी नै सामाजिक अभियानका कार्यहरु गर्दै आएका छन । उनले बाजुरा र बाजुराका धार्मी तथा पर्यटकिय क्षेत्रलाई चिनाउनका लागि उनकै अभियानमा क्याम्पस अगाडी मुर्ति बनाएर स्थापना गर्न सकेको क्याम्पसले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार