बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दाका एकल महिलाहरुलाई च्याउ खेती तालिम

बुढिनन्दाका एकल महिलाहरुलाई च्याउ खेती तालिम

  • आइतवार, माघ २५, २०७७
बुढिनन्दाका एकल महिलाहरुलाई च्याउ खेती तालिम

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले सो नगरपालिकाका एकल महिलाहरुका लागि ब्यबासायीक च्याउ खेती तालिमको आयोजना गरिएको छ । बुढिनन्दा नगरपालिकाले एकल महिलाको आर्थिक बृद्धि गर्ने उदेश्यले सो तालिमको आयोजना गरिएको हो ।
एकल महिलाहरुको जिबिकोपार्जन गरि आत्म निर्भर बन्नका लागि नगरपालिकाको महिला उथ्थान कार्यक्रम अन्तरगत सो तालिमको आयोजना गरिएको बुढिनन्दा नगरपालिका उप प्रमुख श्रृष्टी रेग्मीले बताएकी छन ।
बुढिनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि सोही नगरपालिका उपप्रमुख श्रृष्टी रेग्मी रहेकी नगरपालिकाले जनाएको छ । बुढिनन्दा नगरपालिकाका प्रत्येक वडाका २ जना एकल महिलाहरुलाई सो तालिममा सहभागी बनाएको नगरपालिकाले जनाएको छ । २० जना एकल महिलाहरुको जिवन स्तर उकास्नका लागि नगरपालिकाले सो कार्य गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार