बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • उपभोग गर्न राेक लगाएकाे उत्सव तोरीको खाने तेल फेरी खुला गरियाे

उपभोग गर्न राेक लगाएकाे उत्सव तोरीको खाने तेल फेरी खुला गरियाे

  • बुधबार, माघ २१, २०७७
उपभोग गर्न राेक लगाएकाे उत्सव तोरीको खाने तेल फेरी खुला गरियाे

बाजुरा — राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तेल बिक्रि बितरण तथा उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेकोमा फेरी उपभाेग गर्न खुला गरीएकाे छ । राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएकोले सो तेल बिक्रि बितरण तथा उपभोग केही समय अगाडी  राेक लगाएकाे भए पनी साे तेलकाे गुणस्थतर मापन पछि खुला गरिएकाे  जिल्ला प्रशासन कार्यालय बाजुराले  सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।
माघ १३ गते देखी राेक लगाएकाे राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तोरीको तेलको गुणस्तरमा सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएको र सोको निरिक्षणको क्रममा समेत कैफियत महसुस भएकोले गुणस्तर परिक्षणका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलाली पठाएको र साे तेलमा त्यस्ताे कुनै कफियत नभेटीएकाेले बिक्री बितरण तथा उपभाेग गर्न खुला गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
सो तेलको परिक्षण प्रतिबेदन प्राप्त भइसकेकाेले उत्सव ब्राण्डको तोरीको तेल आयात बिक्रि बितरण तथा उपभोग गर्न सार्बजनिक सुचना मार्फत जिल्लाबासीलाई जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । परिक्षणका लागि पठाएको प्रतिबेदनमा उत्सव ब्राण्डको तोरीको खाने तेलमा गुणस्थर मापन अनुसार भएकाेले बिक्रि बितरण तथा उपभोग पुन सुचारू गर्न  अनुरोध गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार