बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • धनगढीमा भीम रावलको ‘कमान्डिङ’मा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

धनगढीमा भीम रावलको ‘कमान्डिङ’मा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

  • शनिबार, माघ १७, २०७७
धनगढीमा भीम रावलको ‘कमान्डिङ’मा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

धनगढी — शनिबार नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गर्ने विरोधसभालाई सम्बाधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल धनगढी पुगिसकेका छन्।

दुवै पुगिसकेपछि धनगढीमा सो समूहले र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको छ। उक्त र्यालीको कमान्डिङ नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका छन्। धनगढीको चौराहाबाट सुरु भएको र्‍याली कार्यक्रम स्थल खुलामञ्चम पुगेर टुङ्गिएको छ।

बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन्। प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा बृहत विरोधसभाको आयोजना गर्न लागेको हो।

चर्चामा

सम्बन्धित समाचार