बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • समाचार
  • २४ घण्टामा थपिए ३ सय २ जना संक्रमित, ७ जनाको मृत्यु

२४ घण्टामा थपिए ३ सय २ जना संक्रमित, ७ जनाको मृत्यु

  • शुक्रबार, माघ ९, २०७७
२४ घण्टामा थपिए ३ सय २ जना संक्रमित, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३०२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

यसमध्ये २४ घण्टामा काठमाडौँ उपत्यकामा ११२ जना संक्रमित थपिएका छन् जसमा ५३ जना महिला र ५९ जना पुरुष रहेका छन् । नेपालभर काठमाडौँ जिल्लामा मात्र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । काठमाडौँमा २ हजार ६१, भक्तपुरमा ३७ र ललितपुरमा १७५ जना सक्रिय संक्रमित रहेका छन् ।

यही अवधिमा थप ४८० जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ६३ हजार ३४८ रहेको छ । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

नेपालमा भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु संक्रमणमुक्त बनेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९८६ रहेको छ । हाल संस्थागत आइसोलेनमा ८७९ जना रहेका छन् भने १५४ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार