शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • ‘घुस माग्न’ धनगढी यातायातमा लिखित परीक्षा पास गरेकालाई ट्रायलमा बन्देज!

‘घुस माग्न’ धनगढी यातायातमा लिखित परीक्षा पास गरेकालाई ट्रायलमा बन्देज!

  • शुक्रबार, माघ ९, २०७७
‘घुस माग्न’ धनगढी यातायातमा लिखित परीक्षा पास गरेकालाई ट्रायलमा बन्देज!

धनगढी — काठमाडौंमा बस्दै आएकी धनगढी उप–महानगरपालिका– ५ का ईश्वर शाहीकी श्रीमतीले यातायात व्यवस्था कार्यालयले गत पुस २० गते लिएको मोटरसाइकलको सवारी चालक अनुमती पत्रको लिखित परीक्षा दिएकी थिइन्।

लिखित परीक्षाको सार्वजनिक नतिजाअनुसार उत्र्तिण भएपनि माघ ६ गते तोकिएको ट्रायल अर्थात प्रयोगात्मक परीक्षा दिन जादा अनुतिर्ण भएको भन्दै कर्मचारीहरुले फर्काइदिए।

सो विषयमा गुनासो गर्दा कर्मचारीहरुले केही रकम दिएपछि मात्र प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइने भन्दै सेटिङ गर्न खोजेको थिए।

‘यातायात कार्यालयले नै सार्वजनिक गरेको नतिजामा श्रीमतीलाई पास भएको देखाएको थियो,’ उनका श्रीमान शाहीले दिनेशखबरसँग भने, ‘माघ ६ गते ट्रायल दिन जाँदा यातायातका कर्मचारीले फेल भएको भन्दै फर्कादिए। केही पैँसा खर्च गरे मिलाइदिने आशयले कुरा गर्न खोजिएको थियो। तर मैले हुँदैन भने।’

उनीसँगै गत पुस २० गते यातायात कार्यालयले लिएको मोटरसाइकलकै सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा सहभागी सेवाग्राहीहरु सुवास चौधरी, भद्रविर कठरिया, सरोज चौधरी, रञ्जित चौधरी, दिल्ली ओली र बासुदेव पन्त पनि उत्र्तिण भएको नतिजा सार्वजनिक भएको थियो।

तर प्रयोगात्मक परीक्षमा सहभागी हुन जाँदा सूचीमा नाम नै नभएको भन्दै कर्मचारीले उनीहरुलाई पनि फर्काइदिए। कर्मचारीको बदमासीको कारण लिखित परीक्षा पास गर्दा समेत ती सेवाग्राहीहरुले प्रयोगात्मक परीक्षा दिनबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्।

तर यातायता व्यवस्था कार्यालय धनगढीले भने प्राविधिक त्रुटीका कारण त्यसो भएको दाबी गरिरहेको छ। ‘यातायात सेवा विभागबाट नै त्यो समस्या उत्पन्न भएको हो,’ यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले भने, ‘अहिले ती सेवाग्राहीको हकमा विभागलाई पत्र पठाएका छौँ, अब हुने ट्रायलमा सहभागी हुन पाउनुहुन्छ।’

तर सेवाग्राहीहरुले भने आर्थिक असुली गर्न कर्मचारीहरुले बदमासी गरेको आरोप लगाएका छन्। यातायात व्यवस्था कार्यालयको दाबीमा स्वयंम यातायात व्यवस्था विभाग समेत सहमत छैन।

विभागले सम्बन्धित कार्यालयकै त्रुटीका कारण त्यो समस्या निम्तिएको हुनसक्ने जनाएको छ। ‘विभागबाट त्यस्तो खालको कमजोरी हुन सक्दैन,’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले दिनेशखबरसँग भने, ‘सोही कार्यालयका कर्मचारीले नाम इन्ट्री गर्दा पासलाइ फेल, फेललाइ पास बनाएको हुनसक्छ। तर त्यो भएपनि हामीलाई अहिलेसम्म कुनै पत्र आएको छैन।’

यसअघि पनि यातायात व्यवस्था कार्यालय धनगढीले प्रयोगात्मक परीक्षामा असफल भएकाहरुलाई पनि आर्थिक असुली गरेर सवारी चालक अनुमती पत्र वितरण गरेको आरोप लागेको थियो। अहिले त उत्र्तिण भएकाहरुलाई नै आर्थिक असुली गर्न प्रयोगात्मक परीक्षामा सामेल हुन नदिएको आरोप लागेको हो।

अनेक कारण देखाउँदै यातायाता कार्यालयमा नियमित जसो भइरहने अनियमित गतिविधि नियन्त्रण गर्न माथिल्लो निकायले तदारुकता नदेखाउँदा सधै सास्ती खेप्नुपर्ने बाध्यता कायमै रहेको सेवाग्राहीले गुनासो गरेका छन्। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार