शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार महासंघ बाजुराले प्रेस युनियनलाई बार्तामा बाेलायाे

पत्रकार महासंघ बाजुराले प्रेस युनियनलाई बार्तामा बाेलायाे

  • मङ्लबार, माघ ६, २०७७
पत्रकार महासंघ बाजुराले प्रेस युनियनलाई बार्तामा बाेलायाे

बाजुरा — नेपाल प्रेस युनियन बाजुरा शाखालाई नेपाल पत्रकार महासंघ बाजुरा शाखाले बार्तामा आउन आग्रह गरेको छ । मंगलबार एक पत्र पठाउँदै पत्रकार महासंघ बाजुराले प्रेस युनियन बाजुरालाई बार्तामा आउन अाधिकारीक रूपमा  आग्रह गरेको हो ।

युनियनले यस अघि पौष १८ गते तीन बुँदे मागदावी सहित पत्रकार महासंघ बाजुरा शाखामा सुनियोजित तवरबाट ताला बन्दी गरेको थियो ।सोही तालावन्दीको विषयलाई लिएर नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको गम्भीर ध्यानाकर्षण भई युनियनलाई बार्तामा आउन आग्रह गरिएको पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाअध्यक्ष निमेन्द्र शाहीले बताएका छन् ।

महासंघले युनियनलाई आग्रह गरेको पत्रमा लेखिएको छ पूर्ण प्रेस स्वतन्त्रताका हिमायती कुनैपनि व्यक्ति होस् या संघ संगठन भनौँ या कोही संस्थाले बाजुराली पत्रकारहरुको सम्वद्ध साझा संस्थाप्रति हेयभाव राख्नु पूर्व गम्भीरतापूर्वक सकारात्मक सोच सहित पेश हुने कैयौँ पाट हुँदाहुँदै पनि आफू ओतिने घरमा ताला लगाई सडकका निर्दोश खम्बामा टाँसिनु त्यति सुहाउँदैन कि भन्ने ठम्याई हाम्रो हो नेपाल पत्रकार महासंघ बाजुरा शाखाका सचिव प्रेम बिककाे हस्ताक्षरेती पत्रमा उल्लेख गरिएकाे छ ।

 नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले तीन बुँदे मागकै आधारमा बाजुराली पत्रकारको साझा घरमा लगाएको लालछानायुक्त तालाको यस विषयमा खुला हृदयका साथ युनियन जिल्ला शाखा बाजुरासँग बार्ता गर्न तयार रहेको नेपाल पत्रकार महासंघ बाजुराले जनएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार